Comments Add Comment

४१ बर्षमा जीतु, तर बनेको छैन चिना

Jitu and Muna
हाँस्य कलाकार जीतु नेपाल आजबाट ४१ वर्षमा प्रवेश गरेका छन् । फेसबुकमा आइडी खोल्दा जन्ममिति केही यताउता परेकाले केहि दिन अगाडिदेखि नै शुभकामना ग्रहण गरेको भन्दै जीतुले भने- ‘आगामी वर्षदेखि एकदिन भन्दा बढी शुभकामना लिन्न ।’ उनले आजै जन्ममिति सच्याएको जानकारी दिए । उनी वि.सं २०३२ साल असार १ गते जन्मिएका थिए ।

५ दाजु र एक जना दिदीपछि सातौं सन्तानको रुपमा जन्मिएका जीतुको अहिलेसम्म चिना बनेको छैन । जन्मेको गते र बार थाह भएपनि समय थाह नभएकाले चिना नबनेको उनले बनाए । ‘आमाले साँझपख जन्मेको हो भन्नु हुन्छ तर, कतिबजे थाहा छैन ।’ जीतुले भने । चिना नभएपनि केही पटक हात हेराउन भने उनी गएका छन् ।

गोपाल नेपाल ‘फिष्टे’ उनका आफ्नै ठूल्दाईको छोरा हुन् भने परिवारका अन्य ब्यक्ति कलाकारितामा छैनन् ।हाँस्य कार्यक्रम ‘ट्वाक्क टुक्क’वाट यस क्षेत्रमा प्रवेश गरेका जीतुले तीन दर्जनबढी फिचर फिल्ममा काम गरेका छन् । लामो समयसम्म दमन रुपाखेतीका जोडी भए काम गरेका जितुले पछिल्लो सयम शिबहरि पौडेलसँग सहकार्य गरेका थिए । उनी अहिले देश-विदेशमा हुने कार्यक्रम र चलचित्र अभिनयमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment