Comments Add Comment

लोकसेवा आयोगको क्षेत्राधिकार बढेसँगै चुनौति पनि थपियोः अध्यक्ष मैनाली

१ असार, काठमाडौं । लोकसेवा आयोगले क्षेत्राधिकार विस्तारसँगै बढेको चुनौती सामनाका लागि कानूनी, संगठनात्मक र अन्य पूर्वाधार तयार पार्ने काम अगाडि बढाइसकेको बताएको छ ।

Umesh-mainali
फाइल तस्वीर

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले बुधबार आयोगको ६६ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका सामुन्ने संविधानले थपिदिएको भूमिका निर्वाहका लागि संगठन पुनर्संरचना आवश्यक पर्ने र त्यसका लागि ‘ओ एण्ड एम’ सर्भेको काम सम्पन्न्ा गरिसकेको बताएका हुन् । उनले कानूनी, संगठनात्मक र अन्य पूर्वाधार तयार भएपछि आयोगले संविधानले दिएको नयाँ जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्ने बताए ।

संविधानले निजामती सेवाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सरकारी सेवा लगायत नेपाल सरकारको ५० प्रतिशतभन्दा बढी जायजेथा रहेका संगठित संस्थामा कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगले मात्र परीक्षा लिने व्यवस्था गरेको छ । सरकारबाट पेन्सन पाउने कुनै पनि पदमा आयोगको परामर्श वेगर नियुक्ति गर्न नपाउने संविधानमा व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार आयोगले एक दर्जन संस्थानहरुमा लिखित परीक्षा संचालन गरिसकेको छ । त्यसका लागि छुट्टै संस्थान शाखा स्थापनाको तयारी भइरहेको लोकसेवा आयोगले जनाएको छ । ‘ओ एण्ड एम’ सर्भेका लागि लोकसेवा आयोगको पत्र सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ ।

आयोगका अध्यक्ष मैनालीले संवैधानिक भूमिका पूरा गरी आयोगलाई थप विश्वसनीय बनाउन उत्तरपुस्तिकाहरु आयोगमै जँचाउन तथा उच्चतहका पदका परीक्षार्थीको उत्तरपुस्तिका दुई जना परीक्षकबाट जँचाउन सुरु गरिएको बताए । उनले परीक्षण विधिमा समयानुकुल परिमार्जन गर्ने क्रममा सहसचिव पदको परीक्षामा नेतृत्व क्षमता, निर्णय क्षमता, सिर्जनात्मक क्षमता, पूर्वानुमान नगरिएको आकस्मिक परिस्थितिमा काम गर्न सक्ने खुबी लगायतको मूल्यांकन गर्ने विधि अवलम्बन गर्ने गृहकार्य अगाडि बढाइएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment