Comments Add Comment

भारतीय अर्थतन्त्रका कारण नेपालमा मूल्यवृद्धि !

Pasal२ असार, काठमाडों । नाकाबन्दीपछि केही घट्न थालेको उपभोक्ता  मुद्रास्फीति फेरि बढेको छ । वैशाख महिनामा भारतमा मूल्यबृद्धि बढेपछि त्यसको असर नेपालमा पनि देखिएको हो ।

वस्तु तथा सेवाको मूल्य बढ्दा हुने मुद्राको अवमूल्यन नै मुद्रास्फीति हो ।  वैशाखमा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीर्ति बढेर ५.८ प्रतिशत पुगेको छ । नेपालमा पनि चैतमा ९.७ प्रतिशतमा रहेको मुद्रास्फीति  वैशाखमा बढेर १० प्रतिशत पुगेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

नाकाबन्दीको असर कम हुादै गएकाले चैतको तुलनामा बैशाखमा मुद्रास्फीति  घट्ने अपेक्षा गरिए पनि झन् बढेको हो ।
पुसमा उच्च अंकले बृद्धि भएको मुद्रास्फीति त्यसयता घट्दै गएको थियो ।

अर्थशास्त्रीहरुले  नेपालको मूल्यबृद्धिमा आयतको प्रभाव देखिने भएकाले भारतीय मूल्यबृद्धिमा आयातको प्रभाव देखिने भएकाले भारतीय मूल्यबृद्धिको प्रभाव स्वभाविक भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment