Comments Add Comment

‘उड्ता पञ्जाब’को सेन्सर कपि लिक, के यो बदलाको स्वरुप हो ?

sahid aliya and kareena
बलिउड चलचित्र ‘उड्ता पञ्जाब’को लफडा अझै सकिएको छैन । भारतको सेन्सर बोर्डले चलचित्रका अधिकांश दृश्य नकाटेसम्म पास नगर्ने अड्डी कसेको थियो । तर, अदालतले चलचित्रको एक मात्र दृश्य काटेर प्रदर्शनको लागि अुनमती दियो । चलचित्रको निर्माणपक्षले खुशीमा पार्टी पनि आयोजना गर्‍यो । तर, यो खुशी लामो समय टिकेन ।

चलचित्रको सेन्सर प्रिन्ट नै विभिन्न अनलाइनमा लिक भएको छ । सेन्सर बोर्डबाट नै चलचित्रको प्रिन्ट लीक भएपछि अहिले यसले हंगामा मच्चाएको छ ।

सेन्सर बोर्डले चलचित्रको यूनिटसँग बदला लिएको भन्ने खालका टिप्पणी पनि भैरहेको छ । साहिद कपुर, आलिया भट्ट, करिना कपुर अभिनित यो चलचित्रले ड्रक्सको कथालाई उठान गरेको छ । चलचित्र रिलिज भन्दा ठिक २ दिन अगाडि यो चलचित्रको सेन्सर कपि लिक भएको हो ।

यसले चलचित्रको बक्स अफिसमा ठूलो असर पुर्‍याउनेछ । भारतमा चलचित्र रिलिज भएकै दिन पाइरेसी हुनु नयाँ कुरा होइन । तर, चलचित्र प्रदर्शनको २ दिन अगाडि नै लिक हुनुले यसको व्यापारमा ठूलो असर पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment