Comments Add Comment

बसन्त चौधरीको एकल विश्व काव्य यात्राको श्रृङ्खला अष्ट्रेलियामा

basanta chaudhariकाठमाडौं । कवि बसन्त चौधरीको एकल विश्व काव्य यात्राको १७ औं र १८ औं श्रृंखला अष्ट्रेलियामा सञ्चालन हुने भएको छ । असार १० गते शुक्रबार अष्ट्रेलियाको सिड्नीमा चौधरीले अष्ट्रेलियन कविहरूसँग अन्तक्रिर्या गर्ने कार्यक्रम रहेका छ ।

उनले आफ्ना रचनाहरू मध्ये अङ्ग्रेजीमा अनुदित केहिलाई लिएर अङ्ग्रेजी भाषामै उनले अन्तक्रिर्या गर्नेछन् । साथमा समसामयिक नेपाली साहित्य र संस्कृतिको विश्लेषणात्मक विवेचना गर्दै साहित्यिक अन्तक्रिर्यालाई विट पार्ने योजनामा छन् कवि चौधरी ।

कार्यक्रमको दोस्रो दिन असार ११ गते शनिबार सिड्नीस्थित साहित्यप्रेमी प्रवासी नेपालीहरूद्वारा सञ्चालित ‘साताको साहित्य डट कम’ को आयोजनामा कवि/गीतकार चौधरीको एकल विश्व काब्य यात्राको १७ औं श्रृङ्खला आयोजित हुनेछ । उक्त कार्यक्रममा स्थानीय नेपाली गायक/ गायिकाहरूले कवि/गीतकार चौधरीका चर्चित गीतहरू पस्कने कार्यक्रम रहेको छ ।

त्यस्तै असार १२ गते आइतबार अष्ट्रेलियाको मेलवर्नस्थित थर्नब्युटी थियटरमा नेपाली सोसाइटी, ल्याङ्ग्वेज एण्ड कल्चरको आयोजनामा कवि/गीतकार चौधरीको विश्व काव्य यात्राको १८ औं श्रृङ्खलाको कार्यक्रम सञ्चालन हुने छ । उक्त दुबै कार्यक्रममा कवि चौधरीले आफ्ना नवीनतम् र केहि चर्चित पुराना गरी डेढ दर्जन काब्यिक बाँन्कीहरू प्रस्तुत गर्नेछन् भने मेलवर्नमा रहेकी स्मृति पोखरेलले आˆनो कोकिल कण्ठमार्फत् कवि चौधरीका चर्चित गीतहरू गाउनेछिन् ।

त्यसरी नै आगामी साउन २२ गते शनिबार बेल्जियमको ब्रसेल्समा र आगामी सेप्टेम्बर/अक्टोबरमा रुसको मस्को तथा जर्मनीको फ्राङ्कर्फटमा चौधरीको एकल विश्व काव्य यात्राका थप श्रृङ्खलाहरू मञ्चित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment