Comments Add Comment

विद्युत उत्पादन बर्सेनि लक्ष्यभन्दा न्यून

Bulb,-Bijuli३ असार, काठमाडौं । सरकारले हरेक वर्ष विद्युत अत्पादन बढाउने महत्वाकांक्षी लक्ष्य लिए पनि उपलव्धि भने निराशाजनक रहको तथ्यांकले देखाएको छ ।

एक वर्षभित्रै सम्पन्न हुने आयोजनाका सम्बन्धमा समेत सरकारी प्रक्षेपण फितलो देखिइनुलाई अध्ययन र अनुसन्धानको कमजोरीका रुपमा लिइएको छ । चालू आर्थिक वर्षमा मात्रै ६ सय मेगावाट मात्र राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले चालू आवको बजेटमा लोडसेडिङ घटाउन ६ सय मेगावाट विद्युत अत्पादन थपेर जडित क्षता १ हजार ४१८ मेगावट पुर्‍याउने योजना सार्वजनिक गरेका थिए । अाजको काराेबार दैनिकमा समाचार छ ।

उर्जा मन्त्रालयको सहमति बेगर ल्याएको महत्वाकांक्षी योजना भन्दै त्यतिबेला यसको चर्को विरोध भएको थिाये । चालू आवमा ७ जलविद्युत आयोजना मात्र सम्पन्न भई राष्ट्रिय प्रसारणलाइमा ३४ मेगावाट मात्र विद्युत जोडिएको छ । अब यो आवमा थप विद्युत उत्पादन नहुने स्वतन्त्र उर्जा उत्पदक संस्थाले जानकारी दिएको छ ।

अहिलेसम्म लक्ष्यसमेत पुरा नभएका बेला सरकारले आउँदो १० वर्ष्मा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment