Comments Add Comment

अख्तियारले रोक्यो प्राधिकरणको प्रोत्साहन भत्ता

akhitar३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता वितरणमा रोक लगाएको छ ।

वार्षिक रुपमा नोकसानी बढ्दै गएको भन्दै अख्तियारले कर्मचारीलाई प्रोत्साहनभत्ता वितरण नगर्न नगराउन उर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

निर्णय कार्यान्वयन गर्न अख्तियारले पत्रको बोधार्थ अर्थ मन्त्रालयलाई समेत दिएको छ । अख्तियारको २३ जेठको बैठकले इपिआर प्रणलीमा रोक लगाउने निर्णय गरेको थियो ।

वार्षिक अबौं रुपैयाँ घाटा बेहोरिरहेको विद्युत प्राधिकरणले करिब ६६ करोड रुपैयाँ व्ययभार पर्ने गरी कर्मचारीलाई प्रोत्साहन दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment