Comments Add Comment

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

Muglin-Narayangadh४ असार, चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चण्डिभञ्याङ गाविस–६ कालीखोलामा शुक्रबार साँझ पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

चिवतनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त कुँवरले पहिरो पन्छाएपछि रातिदेखि सवारी आवागमन सञ्चालनमा आएको जानकारी दिए ।

उनका अनुसार रोकिएका सवारी गन्तव्यतर्फ गएको छ । साँझ सोही खण्डको चार किलो भन्ने स्थानमा समेत पहिरो खसेको थियो ।

दुवै क्षेत्रको पहिरो हटाइएको प्रहरीले जनाएको छ । उक्त सडकमा पछिल्लो समयमा दैनिकजसो पहिरो खसेर अवरुद्ध हुँदै आएको छ ।

सोही क्षेत्रमा राति गाडीसमेत बिग्रिएर सवारी आवतजावत प्रभावित भए पनि अहिले भने पूर्ण रुपमा सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment