Comments Add Comment

तत्काल आमा बन्ने योजना छैनः करिना

Karina-Kapurमुम्बई । एक अनलाइनले करिना आमा बन्न लागेको भनेर लेखेपछि करिनाले मुख खोलेकी छिन् । उनले मिडियासँग कुरा गर्दै तत्काल आमा बन्ने सोच नरहेको बताईन् ।

यति हुँदा हुँदै पनि आफ्ना वारेमा छापिने यस्ता गसिपले आफुलाई असर नगर्ने उनको भनाई थियो । उनले भनिन् ‘आमा बन्ने खबर छापिएपछि म एक्साइडेड भएँ । तर, रिसाएको छैन । ‘

उपयुक्त समय आएपछि आमा बन्ने बताउदै आएकी करिनाले यसपटक पनि त्यहि कुरा दोहोर्‍याईन् । विवाहपछि पनि काममा सक्रिय हुन्छु भन्दै बिहे गरेकी करिनाले आमा बनेपछि पनि अभिनयमा सक्रिय हुने दावी गरिन् ।

१६ अक्टुबर, २०१२ मा करिनाले १० वर्ष जेठा सेफ अलि खानसंग विवाह गरेकी थिईन् । चलचित्र ‘टसन’ मा काम गर्दा उनीहरुको अफेयर सुरु भएको थियो ।

मुम्बईमा जन्मिएकी करिना केही वर्ष शाहिद कपुरसंग अफेयरमा थिईन् । शाहिदसंग ब्रेकअपपछि सेफसंग हिमचिम बढेको थियो उनको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment