Comments Add Comment

एमाले स्थायी समितिले गर्यो चुनावमा केन्द्रित हुने निर्णय

फाइल फोटो
फाइल फोटो

५ असार, काठमाडौं । नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने भएको छ । सरकारले संविधानसभाबाट जारी संविधानको व्यवस्थाअनुसार निर्वाचनको योजना तय गरेपछि एमाले त्यसमै केन्द्रित हुन लागेको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन तयारीमा लाग्नुपर्ने निष्कर्ष निकालेको आजको कारोबार दैनिकमा समाचार छ ।

बैठकले सरकारले तय गरेको संविधान कार्यान्वयन कार्ययोजनाको स्वागत गर्दै त्यसको कार्यान्वयनका लागि पूर्णरूपमा सहयोग गर्ने निर्णय पनि गरेको छ ।

संविधान कार्यान्वयन कार्ययोजनाको स्वागत गर्दै तीनै तहको निर्वाचनमा ध्यान केन्द्रित गर्ने निष्कर्षमा पुगेका छौं,ू पार्टी सचिव भीम आचार्यले भने । सरकारले बिहीबार मात्रै मंसिर महिनामा स्थानीय, ०७४ वैशाख र जेठसम्ममा प्रदेश र ०७४ मंसिरसम्ममा संसदीय निर्वाचन गर्ने कार्ययोजना तय गरेको थियो ।

बैठकमा सरकारले अघि सारेको कार्ययोजना, बजेटका साथै व्यवस्थापिका-संसद् कार्यसञ्चालन नियमावलीका विषयमा छलफल भएको थियो । समसामयिक राजनीतिक विषयमा छलफल भए पनि कुनै निर्णय नभएको आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment