Comments Add Comment

पशुपतिमा योग महोत्सव

५ असार, काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा असार ७ गतेदेखि योग महोत्सव हुने भएको छ । पशुपतिनाथ सेवक संघ र आनन्द मार्ग प्रचारक संघले अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर पाँच दिने योग महोत्सव गर्ने भएका हुन् ।

Yoga-File-Photo
फाइल तस्वीर

दुबै संस्थाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर योग महोत्सवबारे जानकारी दिएका छन् ।

महोत्सव अन्तर्गत असार ८ गते विभिन्न संघ संस्था, स्कुल र कलेजमा योग प्रशिक्षण कार्यक्रम राखिएको छ । उनीहरुका अनुसार महोत्सव अन्तर्गत ९ गतेदेखि ११ गतेसम्म पशुपतिस्थित पशुपति सुमार्गी भवनमा योगासन, योग शिक्षा, सामूहिक साधना, मौन ब्रत, आध्यात्मिक साँस्कृतिक सन्ध्या लगायतका गतिविधि गरिने छ ।

तीन दिने कार्यक्रममा सहभागी हुनका लागि जनही १ हजार १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment