Comments Add Comment

चितवन निकुञ्जमा ८२ हजार पर्यटक, १२ करोड राजस्व संकलन

Chitwan-National-Park६ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै १२ करोड रूपैयाँ राजस्व संकलन भएको निकुञ्जले आज जनाएको छ ।

सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए ।

उनका अनुसार गएको साउन महिनादेखि जेठसम्म निकुञ्जमा ८१ हजार ८१३ जना पर्यटक प्रवेश गरेका छन् । पर्यटकबाट ११ करोड ९३ लाख ६७ हजार २७३ रूपैयाँ राजस्व संकलन भएको छ ।

निकुञ्ज घुम्नेमा ४२ हजार १५१ जना पुरुष र ३९ हजार ६६२ जना महिला पर्यटक रहेका छन् । सबैभन्दा बढी सौराहा क्षेत्रबाट पर्यटक निकुञ्ज प्रवेश गरेको पाइएको ढकालले जानकारी दिए । ८ करोडभन्दा बढी राजस्व प्रवेश शुल्कबाट मात्रै उठेको छ ।

चैत महिनामा सबैभन्दा बढी एक करोड ८६ लाख ४४ हजार रूपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।

अघिल्लो वर्ष भूकम्पपछिको समयमा निकुञ्जमा पर्यटक शून्य जस्तै भए पनि यो आवमा भने बढेको पाइएको निकुञ्जले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment