Comments Add Comment

दृष्टिबिहिन श्रृष्टीको कथामा ‘ब्लाइन्ड रक्स’ बन्ने, नाजिर र वेनिशा वायोपिक फिल्ममा

benisha shristhi and najir
१६ बर्षको उमेरमै आफ्ना दुबै आँखा डाक्टरको लापरवाहीका कारण गुमाएकी थिइन्, भक्तपुरकि श्रृष्टी केसीले । तर, श्रृष्टीले दुबै आँखा गुमाएपनि जीवनदेखि हरेश खाइनन् । बरु, यो पीडालाई अवसरमा बदलिन् । अहिले श्रृष्टीको कुराहरु सुन्ने र त्यसबाट प्रेरित भएर आफूलाई अगाडि बढाउने मानिसहरुको कमी छैन ।

श्रृष्ट दृष्टिबिहिन भएपछि एसएलसीमा प्रथम श्रेणी, इन्टर लेबलमा नेपाल टप, ब्याचलर लेबलमा नेपालीमा नेपाल टप भएकी छिन् । अब, उनै श्रृष्टीको कथामा ‘ब्लाइन्ड रक्स’ नामक चलचित्र बन्ने भएको छ । चाम्स इन्टरटेन्मेन्ट र एन फिल्मस एन्ड क्रियसनको ब्यानरमा तयार हुन लागेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन् । चलचित्रमा निकेश लिम्बुको लगानी रहनेछ ।
arpan benisha najir and milan benisha and shristhi
नेपाल र भारतमा छायांकन हुने चलचित्रमा अर्पण थापा, वेनिशा हमाल, नाजिर हुसेन, गौरी मल्ल, प्रज्वल सुजल गिरी, शिशिर राना र दिपक गुरुङ प्याट्म्यानको अभिनय रहनेछ । श्रृष्टीको भूमिकामा नायिका वेनिशा हमाल देखिनेछिन् ।

च्लचित्रमा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत, रामकुमार केसीको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, यम थापाको कथा रहनेछ ।

कार्यक्रममा बोल्दै नायिका वेनिशा हमालले चलचित्रमा काम गर्ने पक्का भएपछि आफ्नो काम श्रृष्टीको कथा पढ्ने र उनको प्रेरणात्मक कुराहरु सुन्ने भएको बताइन् । उनले यो चलचित्रमा काम गरुन्जेल अरुमा काम नगर्ने पनि बताइन् ।

श्रृष्टीले आफूमाथि नै चलचित्र बन्न लागेकोमा खुशी लागेको बताइन् । बायोपिक चलचित्रमा काम गर्न पाउनु आफूहरुका लागि पनि अवसर भएको चलचित्रका कलाकारहरुको भनाई थियो ।

निर्देशक मिलन चाम्सले नै निर्देशन गरेको अर्को चलचित्र ‘वीर विक्रम’ भदौ ३ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment