Comments Add Comment

ट्रम्पलाई गोली ठोक्ने बेलायती किशोरको असफल प्रयास

michael_steven_sandford७ असार, काठमाडाैं । अमेरिकाको लस भेगासमा आयोजित राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको सभामा एक बेलायती किशोरले ट्रम्पलाई गोली हान्ने असफल प्रयास गरेको खुलासा भएको छ ।

ती बेलायती किशोरले शनिबार सभाभित्र घुसेर सुरक्षाकर्मीको बन्दुक खोस्ने प्रयास गरेका थिए । तत्कालै प्रकाउ परेका उनले ट्रम्पलाई मार्न चाहेको प्रहरीलाई वयान दिएका छन् ।

ट्रम्पको हत्या प्रयास गर्ने ती व्यक्ति १९ वर्षीय ब्रिटिश नागरिक माइकल स्टिभन स्यान्डफोर्ड हुन् ।

स्यान्डफोर्डलाई चाँडै नेवादाको अदालतमा उपस्थित गराइनेछ । प्रहरीले  अदालतमा पेश गरेको कागजातमा उल्लेख भएअनुसार शनिबार उनी शनिबार आइल्यान्ड क्यासिनोमा भएको डोनाल्ड ट्रम्पको सभामा गएका थिए । त्यहाँ उनी एक प्रहरीको नजिक गए र डोनाल्ड ट्रम्पको अटोग्राफ लिने इच्छा व्यक्त गरे । तर, यही क्रममा उनले प्रहरीको बन्दुक खोस्ने प्रयास गरे । उनलाई तत्काल गिरफ्तार गरियो ।

donald_trumpस्यान्डफोर्डका साथमा ब्रिटिश ड्राइभिङ लाइसेन्स भेटिएको छ । उनी करिब डेढ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए ।

प्रहरीका अनुसार स्यान्डफोर्डले पछिल्लो एक वर्षदेखि ट्रम्पलाई मार्ने योजना बुनिरहेका थिए । अन्ततः शनिबार उनले आफ्नो योजनालाई मूर्तरुप दिने प्रयास गरे ।

स्यान्डफोर्डले प्रहरीसँगको बयानमा आफूले जीवनमा कहिल्यै बन्दूक नचलाएको बताएका छन् । तर, बन्दुक चलाउन सिक्न उनी १७ जूनमा लस भेगासको एउटा फायरिङ रेञ्जमा गएका थिए । त्यहाँ उनले बन्दूक चलाउन सिकेका थिए ।

पक्राउ परेका यी किशोरले प्रहरीलाई दिएको वयानअनुसार उनले लस भेगासमा ट्रम्पमाथि गोली चलाउन असफल भएको अवस्थामा फिनिक्समा हुने सभामा ट्रम्पमाथि गोली हान्ने सोचाइ बनाएका थिए । उनले फिनिक्सको र्‍यालीका लागि टिकटसमेत काटिसकेको अमेरिकी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment