Comments Add Comment

कतारमा नवोदित – अनेसास साहित्यिक वाचन श्रृखलाको ५८ औं डबली

saheyaदोहा । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालयको संयुक्त आयोजनामा साहित्यिक वाचन श्रृंखलाको ५८ औं डबली सम्पन्न भएको छ । दोहाको सालिमार रेष्टुरेन्टमा गत शुक्रबार  नवोदित – अनेसास साहित्यिक वाचन श्रृखला सम्पन्न भएको हो ।

कतारमा स्थापित साहित्यिक संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन हुँदै आएको वाचन डबली यो पटक भने तेश्रो शुक्रबार भएको थियो । कतारमा नवोदित – अनेसास साहित्यिक वाचन श्रृखलाको विशिष्ट श्रोताको इकान्तिपुर अनलाइनका सम्पादक साथै कोशेलीका संयोजक  यज्ञश रहेका थिए ।

नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमका लागी कतार आएका यज्ञशलाई कतारमा रहेका साहित्यकारहरुले आफ्नो साहित्य सुनाएका थिए । अनेसास कतार च्याप्टरका महासचिव सिताराम थापाले सन्चालन गरेको साहित्यिक कार्यक्रममा तिर्थसंगम राई , रबि रोषी , राजन राई , दिप मिलन , ओम दाहाल , पुर्ण गुरुङ्ग , सन्तोष अधिकारी , रविन्द्र श्रेष्ठ , राजेश्वर ढकाल , कमल जलन , निराजन प्रभात , ईनोशेन्ट राजन र सुमित्रा लामिछानेले कविता सुनाएका थिए ।

त्यस्तै अर्जुन घिमिरे , सजन लामा , श्यामराज रानाभाट , टिका खड्का राष्ट्रप्रेमी , लेख कार्की , प्रेम प्रसाद र ईश्वर शाही  लगायतले गजल वाचन गरेका थिए । आधारभूत पत्रकारिता तालिममा सहभागीहरुले समेत  धैर्यताका साथ साहित्यिक कार्यक्रमलाई साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment