Comments Add Comment

योगलाई पर्यटनकै अंगका रुपमा विकास गरिनुपर्छ : मन्त्री पोखरेल

yoga KP Oli (11)

७ असार, काठमाडौं । पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल योगा एसोसियसनले दोस्रो विश्व योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले योगलाई पर्यटनको रुपमा विकास गरी मुलुकलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको बताए ।

गौरीशंकर हिमालमा ऋषि मुनीहरुले तपस्या र योग गरेको उल्लेख गर्दै उनले ऋग्वेदमा योगको चर्चा गरिएको बताए ।

भारतीय योगगुरु स्वामी विकासानन्दले शारीरिक र मानसिक समस्याबाट मुक्ति पाउन योग आवश्यक रहेको बताउँदै उनले भने- “यसबारे वर्षको एक दिन भन्दा विद्यालय र अन्य सामाजिक क्षेत्रमा दिनदिनै चर्चा हुन जरुरी छ ।”

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले योगको आकर्षण देखाएर मुलुकमा पर्यटकको आगमनलाई बढाउनुपर्ने सुझाव दिए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले नेपालमा अन्तर्राष्ट्रिय योग केन्द्रको आवश्यकता औँल्याए ।

एसोसियसनका अध्यक्ष मोहन लम्सालले पर्यटन उद्योगलाई सबल बनाउन सरकारले योगमा पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा पर्यटन र योगसम्बन्धी एक वृत्तचित्र प्रस्तुत गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment