Comments Add Comment

उपप्रधानमन्त्रीद्वय थापा र केसीलाई बर्खास्त गर्न कांग्रेसको माग

७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानविरुद्ध अभिव्यक्ति दिने र आन्दोलनको घोषणा गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेको छ ।

Kamal-Thapa-and-Chitra-Bahadurव्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीहरुलाई संविधानविपरित अभिव्यक्ति दिने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने छुट नरहेको बताए ।

उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रहादुर केसीको राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा साउन मसान्तसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालका मन्त्रीहरुले गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

(यो समाचार पढ्नुस्: मन्त्री पदभन्दा मेरा लागि राजसंस्था ठूलो होः रामकुमार सुब्बा)

कांग्रेसका सांसदहरु रामहरि खतिवडा, अर्जुनप्रसाद जोशी लगायतले संविधानको सपथ खाएका मन्त्रीलाई संविधानविपरित अभिव्यक्ति दिने तथा आन्दोलन गर्ने छुट नरहेको भन्दै त्यस्ता मन्त्रीले कि त नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने नभए उनीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।

लगत्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कांग्रेसका सांसदहरुलाई जवाफ फर्काइन् । संविधानले फरक विचार राख्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले त्यहि अधिकारको प्रयोगस्वरुप आफ्नो पार्टी आन्दोलनमा गएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment