Comments Add Comment

कालीखोलामा पहिरो, मुग्लिन सडक अवरुद्ध

mugling८ असार, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोका कारण आज बिहान ४ बजेदेखि सडक अवरुद्ध हुन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अहिले पहिरो पन्छाउने क्रम जारी रहेपनि माथिबाट पहिरो खस्ने क्रमसमेत रोकिएको छैन । सडक बन्द हुँदा चितवनबाट काठमाडौँ, पोखरा जाने र आउने सवारी बीच बाटोमै रोकिएका छन् । डोजरको सहयोगमा प्रहरीले पहिरो पन्छाउने काम गरिरहेको जनाइएको छ ।

यसअघि मङ्गलबार पनि विभिन्न क्षेत्रमा खसेको पहिरोका कारण सो सडक दिनभर जसो प्रभावित भएको थियो । चार किलो र जलविरेमा खसेको पहिरोका कारण दिनभर प्रभावित भएको सो सडक अपराह्नदेखि मात्रै खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment