Comments Add Comment

एकैदिन पौने २ अर्बको सेयर कारोबार, १८ अंकले बढ्यो नेप्से

stock-nepse-market८, असार, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ अंकले बढेर १६४७ अंकमा पुगेको छ । बुधबारको कारोबारमा अन्य समूहबाहेक सबै समुहगत उपसूचकहरु पनि बढेका छन् ।

यस दिन नेप्सेमा एकैदिन १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । १ सय ३६ कम्पनीका २२ लाख ९४ हजार कित्ता सेयर ६ हजार ६ सय पटक किनबेच भएको नेपाल स्टक एकसचेञ्जले जनाएको छ ।

बुधबारको कारोबारमा पनि बीमा समुहको उपसूचक निकै उच्च अंकले बढेको छ । यो दिन बीमा समुहको उपसूचक ३ सय ४ अंकले बढेको छ । त्यसैगरी जलविद्युत समुहको ७५ अंकले, होटल समुहको ५३ अंकले, उत्पादनमूलक समुहको ३५ अंकले, वाणिज्य बैंक समुहको साढे १४ अंकले, विकास बैंक समुहको १३ अंकले र फाइनान्स कम्पनी समुहको उपसूचक ११ अंकले बढेका छन् ।

बुधबारको सेयर कारोबारमा अन्य समुहको सूचक मात्रै ७ अंकले घटेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि बढ्न थालेको सेयर लगातार बढिरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले अर्थतन्त्रको अवस्था मजोर भएका बेला सेयर बजार उछालिएको भन्दै लगानीकर्ताहरुलाई सचेत रहन पटक पटक आग्रह गरिसकेको छ । तर, लगानीका लागि अन्य ठाउँमा अवसर नपाएका लगानीकर्ताहरु भने सेयर बजारमा लगानी गर्न उत्साहित भएकाले नेप्सेको बढ्दो प्रवृत्ति नरोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment