Comments Add Comment

जर्मनी, फ्रान्स, इटली, स्पेन र इंग्ल्याण्ड मध्ये एक मात्र फाइनलमा पुग्न सक्ने

यस्तो बन्यो युरोकपको नकआउट चरणको समिकरण

Spanish-Defence९ असार, काठमाडौं । बेल्जियमसँगै पोर्चुगल, आइसल्याण्ड र रिपब्लिक अफ आयरल्याण्ड युरोकप २०१६ को नकआउट चरणमा पुगेका छन् । यससँगै युरो २०१६ को समिकरण पुरा भएको छ ।

पोर्चुगल, रिपब्लिक अफ आयरल्याण्डसँगै स्लोभाकिया र उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा रहेर पनि नकआउट चरणमा पुगे ।

तेस्रो स्थानमा रहेका शीर्ष चार टिम अन्तिम १६ मा पुग्ने भएकाले टर्की र अल्बानिया भने अघिल्लो चरण पुग्न सकेनन् । रसिया, रोमानिया, युक्रेन, स्वीडेन र अष्ट्रिया पनि बाहिरिएका छन् ।

समूह ए
फ्रान्स-समूह विजेता
स्विट्जरल्याण्ड-समूह उपविजेता

समूह बी
वेल्स-समूह विजेता
इंग्ल्याण्ड-समूह उपविजेता

समूह सी
जर्मनी-समूह विजेता
पोल्याण्ड-समूह उपविजेता

समूह डी
क्रोएसिया-समूह विजेता
स्पेन-समूह उपविजेता

समूह ई
इटली-समूह विजेता
बेल्जियम-समूह उपविजेता

समूह एफ
हंगरी-समूह विजेता
आइसल्याण्ड-समूह उपविजेता

तेस्रो स्थानमा रहेका उत्कृष्ट चार
स्लोभाकिया, रिपब्लिक अफ आयरल्याण्ड, उत्तरी आयरल्याण्ड, पोर्चुगल

शनिबारदेखि प्रि क्वार्टरफाइनलका खेलहरु सुरु हुनेछन् ।

शनिबार
स्विटजरल्याण्ड भर्सेज पोल्याण्ड:  राति ६:४५
वेल्स भर्सेज उत्तरी आयरल्याण्ड:  राति ९:४५
क्रोएसिया भर्सेज पोर्चुगलः  राति १२:  ४५

आइतबार

फ्रान्स भर्सेज रिपब्लिक अफ आयरल्याण्ड:  राति ६:४५
जर्मनी भर्सेज स्लोभाकियाः राति ९: ४५
हंगेरी भर्सेज बेल्जियमः  राति १२: ४५

सोमबार

इटली भर्सेज स्पेन:   राति ९:४५
इंग्ल्याण्ड भर्सेज आइसल्याण्ड: राति १२: ४५

नकआउट चरणको ड्र विश्लेषण गर्दा उपाधिका दाबेदार टिमहरु एकातिर परेका छन् भने अरु अर्को तिर छन् । ROUTE TO THE FINAL

जर्मनी, इटली स्पेन, फ्रान्स र इंग्ल्याण्ड एकतातिर छन् । र, उनीहरु मध्ये एक टिममात्र फाइनलमा पुग्न सक्नेछन् । जसमध्ये इटली र स्पेन मध्ये एक प्रि-क्वार्टरफाइनलबाटै बाहिरिनेछ ।  र, यसको विजेताले क्वार्टरफाइनलमा जर्मनी र स्लोभामियाको विजेतासँग क्वार्टफाइनल खेल्नेछन् । यदि फ्रान्स र इंग्लाण्डले अन्तिम १६ को खेल जितेमा क्वार्टरफाइनलमा नै उनीहरुको भेट हुनेछ ।

र, यसको विजेताले इटली भर्सेज स्पेन र जर्मनी भर्सेज स्लोभाकियाको विजेतासँँग सेमिफाइनल खेल्नुपर्नेछ । अर्थात उपाधि दाबेदार टिमहरु मध्ये एक मात्र फाइनलमा पुग्नेछन् ।

अर्कोतिरबाट हंगेरी, बेल्जियम, वेल्स, उत्तरी आयरल्याण्ड, क्रोएसिया, पोर्चुगल, स्विटजरल्याण्ड र पोल्याण्ड मध्ये एक फाइनलमा पुग्नेछ । फाइनल भिडन्त जुलाइ १० मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment