Comments Add Comment

दाह्री पालेको भन्दै अमेरिकी पुलिस अफिसर निलम्बित

muslim_officer

काठमाडौं । न्यूयोर्कमा एक मुस्लिम पुसिल अफिसरलाई धार्मिक रुपमा राखिएको दाह्री नकाटेको भन्दै निलम्बन गरिएको छ ।

पुलिस अफसर मसूद सैयदलाई उनका हाकिमले दाह्री काट्न भनेका थिए । तर, उनले मानेनन् । यसलाई लिएर उनलाई निलम्बन गरेको छ ।

पुलिस अधिकारी सैयदले भने केन्द्रीय अदालतमा पुलिस विभाग र न्यूयोर्क शहरविरुद्ध मुद्दा दायर गरेका छन् ।

न्यूयोर्क पुलिस विभागका काम गर्नेहरुलाई दाह्री पाल्न मनाही छ । तर, विभिन्न धर्म मान्नेहरुका लागि छुटका रुपमा एक मिलिमिटरसम्म दाह्री पाल्ने अनुमति छ ।

सैयदले एक मिलिमिटरको सट्टा एक इन्चसम्म दाह्री राख्न चाहे । यसको कारण उनी धार्मिक स्वतन्त्रता मान्छन् ।

अदालतले फैसला नआउँदासम्म सैयदलाई नहटाउन भनेको छ । उनी यो फैसलाबाट खुसी छन् तर, लामो कानुनी लडाइका लागि पनि तयार देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment