Comments Add Comment

युरोपीय संघसँग ब्रिटेनको सम्बन्ध विच्छेद पक्का

Uk-voting

१० असार, काठमाडौं । ब्रिटेन युरोपीय युनियन (इयू)बाट बाहिरिने भएको छ ।

ईयूमा रहिरहने कि अलग हुने भन्नेबारे ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा झण्डै ५१ प्रतिशत मतदाताले ईयू छाड्ने पक्षमा मत दिएका छन् ।

चुनाव प्रतिस्पर्धात्मक देखिएको थियो । तर, ईयूमा रहिरहनु पर्छ भन्ने पक्ष थोरै पछाडि पर्‍यो । ईयू छाड्नु पर्ने पक्षमा १ करोड ७४ लाख १० हजार ७४२ अथार्त ५१.९ प्रतिशत मत खसेको छ ।

ईयूमै रहनु पर्ने पक्षमा ४१.१ प्रतिशत अर्थात १ करोड ६१ लाख ४१ हजार २४१ मत खसेको छ ।

britain

पूर्वोत्तर इंग्ल्याण्ड, वेल्स र मिडल्याड्सका अधिकांश मतदाताले युरोपीय संघबाट अलग हुने पक्षमा मत दिएका छन् । लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका अधिकांश मतदाता भने ईयूमा रहने पक्षमा देखिए ।

जनमत संग्रहको परिणाम सार्वजनिक भएपछि यूकेआईपीका नेता निगेल फारागले यो बि्रटेनको स्वतन्त्रताको दिन भएको बताएका छन् । तर, अर्को पक्षले भने यसलाई दुर्घटना भनेका छन् ।

जनमत संग्रहको परिणामको नाटकीय असर ब्रिटेनको अर्थ व्यवस्था र राजनीतिमा देखिनसक्छ ।

युरोपेली संघ के हो ?

युरोपीय संघ, जसलाई ईयू भनिन्छ, २८ युरोपीय देशको आर्थिक एवं राजनीतिक साझेदारी छ । द्वीतीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो । यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एकअर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो । त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ ।

ईयूमा आवद्ध देशका सामान र मानिसहरु विना रोकटोक आवत जावत गर्न सक्छन्, मानौं सबै सदस्य देश एक पूरा देश हो । यसको आफ्नै मुद्रा छ, जुन १९ देशमा प्रयोग हुन्छ ।

ईयुको आफ्नै संसद छ । युरोपीय संघले विभिन्न क्षेत्रमा आफ्नै नियम बनाएको छ । जसमा पर्यावरण, पारवहन, उपभोक्ता अधिकार र मोबाइल फोनको मुल्यसमेत तय गरिनेछ ।

britain2जनमत संग्रहमा के सोधिएको थियो ?

जनमत संग्रहमा सोधिएको प्रश्न छ-के युनाइटेड किङडम युरोपीय युनियनको सदस्य रहनुपर्छ ? वा युरोपीय युनियन छोड्नुपर्छ ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment