Comments Add Comment

किन बढ्दैछन् एसियमा लखपतिहरु ?

chinaविश्वमा सबैभन्दा धेरै धनसम्पत्ति ओगट्नेमा एसियाली लखपतिहरु पहिलो नम्बरमा पुगेका छन् । एसियाली धनाढ्यहरुले अमेरिका तथा युरोप र अन्य क्षेत्रका धनाढ्यहरुले भन्दा समग्रमा बढि धनसम्पत्तिमाथि नियन्त्रण कायम राखेको एक चर्चित वित्तिय संस्थाको रिपोर्टले देखाएको छ ।

फाइनान्स कम्पनी क्यामजेमिनीले सार्वजनिक गरेको विश्व सम्पत्ति प्रतिवेदनका अनुसार सन् २०१५ मा एसियाली लखपतिहरुको सम्पत्तिमा १० प्रतिशतले वृद्धि भएको छ र यसमा चिनिया तथा जापानी लखपतिहरुको सम्पत्ति उल्लेखनीय रुपमा बढेको छ ।

विश्वमा लखपति धनाढ्यहरु अर्थात् मिलियनरले गत वर्षसम्म झण्डै ६० टि्रलियन अर्थात् झण्डै ६ सय खर्ब डलर सम्पत्तिमा नियन्त्रण राख्छन् जुन ३० वर्षअघिको भन्दा ४ गुणा बढि हो ।

क्याप जेमिनीका अनुसार विश्वका लखपतिहरुको सम्पत्ति सन् २०२५ सम्ममा बढेर १ सय टि्रलियन डलरसम्म पुग्नसक्नेछ ।

कम्तिमा १० लाख डलर अर्थात् एक मिलियन डलर सम्पत्ति  भएकाहरुलाई मिलियनर अर्थात् लखपतिको सूचिमा राखिन्छ । चीनमा आर्थिक वृद्धिमा मन्दी आएको तथा जापानी अर्थतन्त्र कमजोर भएपनि लखपतिहरुको संख्या तथा सम्पत्ति भने बढिरहेको पाइएको छ ।

क्याप जेमिनीका अनुसार खासगरी वित्तिय सेवा, प्रविधि तथा स्वास्थ्य उद्योगहरुका कारण एसियाको आर्थिक वृद्धिमा टेवा पुगिरहेको छ ।

एसियाली लखपतिहरुको कुल सम्पत्ति १७.४ टि्रलियन डलर छ । जबकी उत्तर अमेरिकी लखपतिहरुको सम्पत्ति केवल १६.६ टि्रलियन डलर रहेको छ ।

यदि विगतको वृद्धिदर कायम रहेमा आगामी दशक सम्ममा एसिया प्रशान्त क्षेत्र आर्थिक रुपमा प्रभुत्वशाली क्षेत्रका रुपमा स्थापित हुने र उच्च व्यक्तिगत सम्पत्तिका हिसाबले समग्र विश्वको पाँच भागको २ भाग ओगट्न सफल हुने क्याम जेमिनीको निष्कर्ष छ । यसो भयो भने एसियाली लखपतिहरुको सम्पत्ति युरोप, ल्याटिन अमेरिका तथा मध्यपूर्व र अपि|mकाका लखपतिहरुको कुल सम्पत्ति भन्दा पनि बढि हुनेछ ।

अमेरिकामा विश्वका सबैभन्दा धेरै लखपति अर्थात् साढे ४४ लाख लखपति बस्दछन् । तर गत वर्ष अमेरिकी शेयर बजारमा आएको गिरावटले  उत्तर अमेरिकी लखपतिहरुको कुल सम्पत्तिको मामिलामा ठूलो प्रभाव पारी २.३ प्रतिशतको गिरावट पैदा गरिदियो ।

जबकी युरोपका लखपतिहरुको सम्पत्तिमा भने ४.८ प्रतिशतले वृद्धि भयो । देशमा किर्तिमानी बेरोजगारीका बाबजुत स्पेन युरोपमा सबैभन्दा धेरै लखपति भएको देश बन्यो ।

ल्याटिन अमेरिकी लखपतिहरु भने कुल सम्पत्तिमा ३.७ प्रतिशतको गिरावट भोग्न बाध्य भए । खासगरी ब्राजिलको राजीनितिक तरलता तथा स्टक मार्केटको अस्थिरताले समग्र ल्याटिन अमेरिकी अर्थतन्त्रमा गिरावट ल्यादियो ।

विश्वभर गरी लखपतिहरुको हातमा रहेको सम्पत्तिमा भने गत वर्ष वृद्धि भएको छ । वर्षमा लखपतिहरुको सम्पत्ति ४ प्रतिशतले बढेर ५८७ खर्ब डलर पुगेको छ ।

वर्ष सन् २०१६ को सुरुमा अक्सफामले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वमा अहिले १ प्रतिशत धनीहरुले बाँकी ९९ प्रतिशत मानिसहरुले भन्दा बढि सम्पत्तिमा नियन्त्रण राख्दछन् ।

विश्वका सबैभन्दा गरीब ५० प्रतिशत मानिसको कुल सम्पत्ति भन्दा ६२ जना सबैभन्दा धनी मानिससँग बढि सम्पत्ति रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment