Comments Add Comment

राहतका नाममा कार्यकर्ता पोषियोः डा. महत

१० असार, भक्तपुर । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान सरकारले भूकम्प पीडितलाई राहत वितरण गर्ने नाममा कार्यकर्तालाई पोषेको आरोप लगाएका छन् ।

Prakash-Sharan-Mahatरफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षातकारमा उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कुनै काम नगरेको र सरकार आफ्ना कार्यकर्ता भरण पोषणमा लागेको आरोप लगाए ।

भूकम्प पीडितका सवालमा प्रधानमन्त्रीले जेठसम्म छानो उपलब्ध गराउने भनाई उखान टुक्का र मनोरञ्जनमै सीमित बनेको भन्दै उनले सरकारको आलोचना गरे ।

‘वर्तमान सरकारको नेतृत्वले कामभन्दा पनि नेपालीलाई मनोरञ्जन प्रदान गरेको छ,’ महतले भने ।

सरकारले जबसम्म भूकम्प पीडितलाई जतिसक्दो छिटो बासको बन्दोबस्त गर्ने प्रतिबद्धता संसदमा पेश गर्दैन तबसम्म नेपाली कांग्रेसले संसद अबरुद्ध गर्ने डा. महतले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई समर्थन गर्ने जनाएता पनि पछि आएर परिवर्तन भएकै कारण तत्काल सरकार परिवर्तन नभएको भन्दै उनले नेपाली कांग्रेसँग बहुमत नभएकै कारण वर्तमान सरकार टिकेको बताए ।

नेपाली कांग्रेसमा पछिल्लो समय गट उपगुटको राजनीति मौलाएको बिषय हल्ला मात्र भएको उनले दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment