Comments Add Comment

बेलायती ‘जनमत संग्रह’ को नेपाली असर

britain2पुरै विश्वलाई नै असर पार्ने गरी दुनियाँको सबैभन्दा पुरानो साम्राज्य बेलायतका जनताले शुक्रबार युरोपियन युनियनबाट अलग हुने निर्याय गरेका छन् । धर्तिको स्वर्ग मानिने २८ राष्ट्रहरु मिली एक बहुराष्ट्रझैं रहेको युरोपियन युनियन अबको दुई वर्षमा २७ सदस्यमा सीमित हुनेछ ।

बेलायमा बिहीबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमा ‘लिभ’ अर्थात युरोपियन युनियन छोडने पक्षमा ५१ दशमलव ९ र ‘रिमाइन’ अर्थात युनियनमै बनिरहने पक्षमा ४८ दशमलव १ प्रतिशत बेलायती नागरिकले आफ्नो मत दिएका थिए ।

जनताको असली शासनको नम्रनाका रुमामा चित्रित बेलायतका जनताले एतिहासिकरुपमा सत्ताधारी र विपक्ष दुबै पक्षको लबिंग लाई मातदिएर युरोपियन युनियनबाट अलग हुने मत जाहेर गरेपछि पुरै बिश्वमा नै तहल्का मचेको छ । बिश्वभरको शेयर बाजारको बिन्दु रेकर्ड रुपमा तल झरेको छ । डलरको भाउ बढेको छ । बिश्वबाजार अक्कनबक्कको स्थितिमा आएको छ ।

किन भयो जनमत संग्रह ?

सन् १९७२ मा बेलायत युरोपियन युनियनको सदस्य भएको थियो । युरोपियन युनियनको आफ्नै कानुन छ, आफ्नै संसद, निति नियम र आफनै मुद्रा पनि । युनियनमा सहभागि २८ देशहरुमध्ये १८ देशहरुले युरोपियन युनियनको मुद्रा अर्थात युरो लाई अपनाएका छन् । युनियनमा रहेका देशहरुबिच खुल्ला व्यापार हुने गर्दछ ।

sanjaya tiwari
लेखक

ईयुमा रहेका २८ वटै देशमा आवत-जावत गर्न भिसा लाग्दैन, व्यापार गर्न कुनै पनि प्रकारको कानुनी अडचन छैन । तर, विगतका केही वर्षहरुमा युरोपमा देखिएको आर्थिक मन्दी र व्यापारिक घाटाका कारण त्यहाँका नागरिकहरुमा निराशा छाएको थियो, अहिले पनि त्यहाँ रोजगारीका अवसरहरु गुमेका छन् ।

युनियनमा बेलायत एक शक्तिशाली र प्रभावकारी देशका रुपमा हालसम्म सहभागी रहेको थियो । तर, विगतका केही वर्षहरुमा देखिएको आर्थिक मन्दीले बेलायतका नागरिक युरोपियन युनियनमा रहिरहँदा भइरहेको घाटाका बारेमा सोच्न बाध्य भएका थिए ।

बेलायतीहरु बेलायत युरोपियन युनियनमा हुँदा अबौर्ं डलर तिनुपर्ने तर रिटर्न केही नहुने, बेलायत आफैले कुनै निति नियम बनाउन नसक्ने हरेक क्रियाकलापका लागि युनियनको भन्झटिलो नियमको सामना गनुपर्ने अवस्थाबाट बाहिर आउन युरोपियन युनियनबाट बाहिर आउनुपर्ने माग राखिरहेका थिए । सोही मागलाई आम राय बन्न दिने कि नदिने भन्ने कुराको टुंगो लगाउन त्यहाँको सरकारले जनमत संग्रह गराएको हो ।

जनमत संग्रहमा दुई राज्यको अलग निर्णय

बेलायत अहिले मूलतः चार राज्य बि्रटेन, वेल्स, उत्तरी आयरल्याण्ड र स्कटल्याण्डको एक साझा साम्राज्य हो । युरोपियन युनियनमा रहिरहने कि नरहने भन्ने विषयमा भएको जनमतसंग्रहमा दुई-दुईवटा राज्य दुई धारमा देखिएका छन् ।

जनमतसंग्रहको परिणामअनुसार बि्रटेन र वेल्स जहाँ युरोपियन युनियनबाट अलग हुनुपर्ने पक्षमा देखिएका छन्, भने उत्तरी आयरल्याण्ड र स्कटल्याण्ड रहिरहने पक्षमै देखिएका छन् । तर, समग्रमा आएको मत परिणामले भने युनियन छोड्ने म्यान्डेट दिएको छ ।

झण्डै ४४ वर्षपछि युरोपियन युनियनबाट अलग हुने परिणाम आएसँगै त्यसका पक्षधरहरुले त्यसलाई स्वतन्त्रताको संज्ञा दिएका छन् । तर, त्यसको विरोधमा रहेका त्यहाँका सत्ताधारी राजनीतिक दलका प्रधानमन्त्रीले भने जनताको म्यान्डेटलाई स्वीकार गर्दै आउँदो अक्टोबरमा पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो धारणाको विपक्षमा मत परिमाण आएपछि प्रधानमन्त्री डेबिड क्यामरनले नैतिकताका आधारमा पद छाड्ने घोषणा गरेका हुन् ।

Londonअब के होला बेलायतमा ?

युरोपियन युनियनबाट अलग हुने निर्णयसँगै बेलायत अब एक नयाँ युगमा प्रवेश गरेको छ । त्यहाँ अब अनेकौं नीति नियमहरु बनाउनुपर्ने हुन्छ । युनियनभित्र रहेका देशहरुवीच रहीआएको खुल्ला आवत जावत, व्यापार, शिक्षादीक्षा आदिका विषयमा बेलायतले अब नयाँ नियम कानुन बनाउनेछ । युनियनभित्र रहेका देशका नागरिक खुल्लारुपमा अहिले पनि बेलायतमा कार्यरत छन्, तिनीहरुको विषयमा समेत नीति नियमहरु बनाउनुपर्ने हुन्छ । यी सबै कामहरु गर्न केही वर्ष लाग्ला । तर, बेलायतमा अब एक नयाँ समस्या उत्पन्न हुनसक्ने सम्भावना प्रबल देखिन्छ ।

चार राज्यको साम्राज्य बेलायतका राज्यहरु एकपटक फेरि स्वतन्त्र हुन आवाज उठाउन सक्नेछन् । दुई वर्ष पहिले स्कटल्याण्डका जनताले बेलायतबाट स्वतन्त्र हुन खोजेका थिए, उनीहरुको चाहनाबमोजिम सरकारले स्कटल्याण्डमा जनमतसंग्रह समेत गरायो । तर, त्यहाँका ५५ प्रतिशत नागरिकले स्वतन्त्र नहुने पक्षमा मतदान गरेपछि त्यो समस्या टरेको थियो ।

अहिले आएर जबकि देशमा ऐतिहासिक परिवर्तन भएको छ, यसबेला फेरि एकपटक स्वतन्त्रताका आवाजहरु गुञ्जिने सम्भावना बढेको छ । अन्तरराष्ट्रिय मिडियाहरुको रिपोर्टलाई मान्ने हो भने यसपटक स्कटल्याण्डसँगै उत्तरी आयरल्याण्ड समेत स्वतन्त्रताको दिशामा अगाडि बढ्ने सम्भावना छ । यसो भयो भने यो बेलायतका लागि ठूलो धक्का हुन जान्छ  र यस्तो भएमा एक जमानामा २४ सै घण्टा घाम नअस्ताउने देशका रुपमा चिनिएको बेलायत टुक्रा टुक्रामा परिणत हुन जानेछ ।

नेपालमा असर

बेलायतको ताजा अवस्थाबाट नेपालमा दुई प्रकारको प्रभाव पर्ने देखिन्छ । पहिलो प्रभाव बेलायतमै व्यापार व्यवसाय गरिरहेका नेपाली मूलका बेलायतीहरुमा पर्न सक्छ ।

दोस्रो, नेपाली मूलका कैयौं बेलायतीहरुको बेलायतमा व्यापार व्यवसाय छ, अबको केही वर्षमा बेलायतले पक्कै पनि युरोपियन युनियनबाट अलग भइसकेको अवस्थामा हालको कानुनलाई परिवर्तन गर्ने अन्य युरोपियन देशहरुमा व्यापार व्यवसाय गर्नका नागि कडा र भिन्न कानुन बनाउनेछ । यसले अहिलेको अवस्थामा रहेको व्यापारिक छुट र अवसरलाई पाखा लगाउनेछ । यसले गर्दा व्यापारीहरुलाई समस्यामा पार्ने छ । जसका कारण युरोपियन युनियनको अन्य देशहरुमा कार्यरत बेलायतीहरुको रोजगारसमेत गुम्ने देखिन्छ ।

बेलायतको यस ऐतिहासिक परिवर्तनले आगामी दिनहरुमा बेलायतमा अध्ययन गर्नका लागि जाने नेपालीहरु समेत प्रभावित हुनेछन् ।

मुख्यतः वेलायतीहरुले अन्य देशका नागरिकले बेलायतमा रोजगार पाएपछि आफुहरु बेरोजगार हुने गरेको बुझाइलाई नै आत्मसात गरेर युरोपियन युनियनबाट अलग हुने निर्णय गरेका कारण आउने दिनमा नेपाललगायत अन्य मुलुकबाट बेलायत पुग्नेहरुका लागि रोजगार पाउन समस्या हुने भएकाले पनि नेपालमा त्यसको ठूलो असर पर्नेछ । हाल शेयर बजारमा भइरहेको अप्रत्यासित उतार-चढाव पनि नेपालको लागि टाउको दुखाइ बन्न सक्नेछ ।

बेलायतमा हुने आर्थिक उतारका कारण उसको विदेश नीतिमा समेत परिवर्तन आउन सक्छ । नेपालजस्तो मुलुकलाई बेलायतले दिने अनुदान, सहयोग तथा ऋणमा कटौति हुन सक्छ । बेलायतमा रहेका गोर्खा सैनिकहरुबाट आउने रेमिट्यान्समा समेत नकारात्मक प्रभाव पर्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment