Comments Add Comment

स्मार्टफोनमा भुलेर पनि इन्स्टल नगर्नुस् यी एपहरु

smartphoneस्मार्टफोनको अहिलेको दुनियामा असंख्य एप्लिकेसनहरु उपलब्ध छन् । अझ भनौँ हरेक कामका लागि एप छन् । चाहे तपाइँ मोबाइलमा विभिन्न गेम खेलेर घण्टौँ बिताउन चाहनुहोस् वा दुनियाको कुनै कुनामा बसेर अर्को कुनामा रहेको मानिसलाई भिडियो कलिंग गर्नुहोस् ।

स्मार्टफोन एपले यी सबै कामलाई सम्भव तुल्याइदिएको छ । तर स्मार्टफोनमा डाउनलोड गर्न सकिने सबै एपहरु कामलाग्ने हुँदैनन् । कतिपय एपहरु त यस्ता हुन्छन् जसले तपाइँको मोबाइललाई नै समस्यामा पारिदिन सक्दछन् ।

दाबी गर्दा फाइदाजनक भनिने तर वास्तवमा वाहियात ठहरिएका केही एपहरु यस्ता छन् जसलाई तपाइँले भुलेर पनि स्मार्टफोनमा इन्स्टल नगर्नुहोला:

 Clean It:  यस्तो उपयोगी जस्तो लाग्ने एपलाई पनि किन स्मार्टफोनमा नराख्न भनियो भन्ने सोँच्नुभएको होला । यो एपले फोनका अनावश्यक तथा हानिकारक फाइल तथा भाइरसलाई हटाएर फोनको स्पीड बढाइदिने दाबी गरिन्छ । तर वास्तवमा त्यसो होइन । यसले उल्टै फोनलाई स्लो बनाइदिने तथा ब्याट्रीको आयु घटाइदिने गर्दछ ।

Music Player: आफ्नो नाम अनुसार नै यो एपले प्रयोगकर्तालाई स्मार्टफोनको प्ले लिस्टमा राखिएका अडियो गीत बजाइदिन्छ । यो एप प्रयोग भएको समयमा त्यसमा पपअप विज्ञापन देखा पर्दछन् । यस्ता विज्ञापनले उल्टै मोबाइलको डाटाको खपत गरिदिन्छन् र ब्याट्रीको चार्ज पनि स्वाहा पारिदिन्छन् ।

DU Battery saver and fast Chareg: ब्याट्री बचत गर्ने भनिएको यो चर्चित एप पनि तपाइँले आफ्नो स्मार्टफोनमा इन्स्टल नगर्दा नै राम्रो हुन्छ । यो एपले मोबाइलको ब्याट्री चार्जिंगलाई तिव्र बनाउने भनेपनि दाबी अनुसारको काम गर्दैन । साथै यो एपमा पनि अन्यमा जस्तै विज्ञापन देखा पर्ने भएकाले त्यसले मोबाइलको डाटाको खपत गरिदिन्छ र ब्याट्रीको चार्ज पनि छिटो सकाइदिन्छ ।

Dolphin Web Browser:  ब्राउजर बनाउनेहरुको दाबी छ की यो एप विज्ञापन मुक्त तथा फ्लास सपोर्ट गर्ने खालको छ । तर यो ब्राउजर चलाउनु निकै जोखिमपूर्ण रहेको बताइन्छ । किनकी यो ब्राउजरले प्रयोगकर्ताका हरेक डाटा संग्रहित गर्दछ ।

QuickPic:  यो फोटो ग्यालरी एप हो । प्रयोग गर्दा सजिलो तथा प्रयोगकर्तामैत्री पनि छ । यसलार्य एक वेबसाइटले सन् २०१५ को सर्वोत्कृष्ट एप पनि घोषित गरेको थियो । तर यो एप यति खतरनाक छ की यसले प्रयोगकर्तालाई डाटालाई आफ्नो सर्भरमा अपलोड गरिदिन्छ । जसका कारण प्रयोगकर्ताका निजी तस्वीर तथा व्यक्तिगत डाटा पनि लिक हुने खतरा बढ्दछ । त्यसैले यो एपलाई पनि आफ्नो मोबाइलमा प्रयोग नगरेकै राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment