Comments Add Comment

नेप्सेले रच्यो अर्को नयाँ रेकर्ड, सूचक १७२१ अंकमा

stock-nepse-market

१३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ले सोमबार नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेप्से सूचक ३६ अंकले बढेर १७७१ अंकमा पुगेको छ ।

चालू आर्थिक वर्षमा नेप्सेले लगातारजसो नयाँ रेकर्ड राख्दै आएको छ । ०७२ असार मसान्तमा नेप्से सूचक ८६१ अंकमा थियो । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि करिब एक वर्षको अवधिमा नेप्से सूचक ९० प्रतिशतले बढेको हो ।

सोमबारको कारोबारमा बीमा र होटल समूह बाहेक सबै समुहगत उपसूचकहरु बढेका छन् । यो दिन बीमाको बीमाको ९५ र होटलको सूचक २६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

वाणिज्य बैंक समूहको ६१ अंकले, विकास बैंक समूहको २१ अंकले, फाइनान्स कम्पनी समूहको १५, जलविद्युत समूहको १२ अंकले, उत्पादन मुलकको ४ र अन्य समूहको सूचक १ अकले बढेका छन् ।

सोमबार १ सय ३२ कम्पनीका ४९ लाख २५ हजार कित्ता सेयर १ अर्ब ६३ करोड ९० लाख रुपैयाँमा किनबेच भएका छन् ।

चालू आर्थिक वर्षको मौदि्रक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पूँजी ०७४ असार मसान्तसम्ममा ४ देखि २५ गुणाले बढाउनुपर्ने घोषणा गरेपछि नेप्से लगातार बढेको हो ।

त्यसैगरी, आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले सर्वसाधारणको स्वास्थ्य बीमालाई वृहत बनाउने स्किम ल्याएपछि बीमा कम्पनीहरुको सेयर गुणात्मक हिसाबले बढिरहेको छ । त्यसले पनि नेप्से सूचक बढाउन मद्दत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment