Comments Add Comment

गजल: कस्तो गजल लेख्छौ मित्र

भोक र स्वतन्त्रताको चुनाव हुदैछ ।
भन तिमीलाई के को अभाव हुदैछ ।

pradeep swardabagarफुट्नेछ पानीले भरिएको प्लाष्टिक
बेस्सरी  कसैको दबाव   हुदैछ ।

तिमीले  अाशा मारे  हुन्छ अब
फूलमा काँडाको स्वभाव हुदैछ ।

कसैको साैन्दर्यमा पागल भए म
लेखेरै  सिंगै  किताब  हुदैछ ।

तिमी कस्तो गजल लेख्छौ मित्र
न विचार हुदैछ न भाव हुदैछ ।

रूकुम, हाल, (काठमाडौं,बागबजार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment