Comments Add Comment

बालविवाह महिला हिंसाको प्रमुख कारण

न्यूनिकरणका लागि जनकपुरका धार्मिक पुरोहितहरु सक्रिय

Marrige१५ असार, जनकपुरधाम । वालविवाह नै महिला हिंसाको प्रमुख कारण भएको एक कार्यक्रममा सहभागि सरोकारवालाहरुले बताएका छन् ।

जनकपुर उपमहानगरपालिका तथा जानकी महिला जागरण समाजले जनकपुरमा आयोजना गरेको धार्मिक गुरु तथा पुरोहितहरुलाई वालविवाह अन्त्यका लागि अन्तरक्रियात्मक गोष्ठिमा सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

वालविवाह न्यूनिकरणको लागि विभिन्न संघसंस्थाहरु लागेर रोकथाम गर्ने प्रयास गरेपनि लुकिछिपि हुने वालविवाह भने तराई मधेसका जिल्लामा बढ्दो क्रममा रहेको समाजका कार्यकारी निर्देशक राजन नेपालले बताए । वालविवाहका समस्यालाई दिर्घकालिन रुपमा न्यूनिकरण गर्नका लागि स्थानीय सरकार जवाफदेहि हुनु पर्ने उनको तर्क छ ।

वालविवाह रोक्नका लागि जनकपुरका धार्मिक गुरु तथा पुरोहितहरु सक्रियता देखाएका छन् । उमेर नपुग्दै विवाह गर्दा वालविवाहको शैक्षिक अवस्था र स्वास्थ्यमा पर्ने असरका बारेमा गोष्ठिबाट प्रशिक्ष पाएपछि उनीहरुले वालविवाहलाई रोक्न आफुहरु कटिबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तराई मधेसका जिल्लामा विवाह जस्ता धार्मिक कार्यमा धार्मिक गुरु तथा पुरोहितहरुको प्रमुख भूमिका रहँदै आएको छ ।

वालविवाह अन्त्यका लागि जनकपुरका पुरोहितहरुले सचेतना अभियान नै सुरु गर्ने विहार कुण्ड मन्दिरका महन्थ उदयकान्त शरणले बताए ।

कम उमेरमा विवाह गर्दा अध्ययनलाई निरन्तरता दिन नस्कने, अपरिपक्क उमेरमा गरेको विवाह छिट्टै सम्बन्ध विच्छेदमा परिणत हुने र सानै उमेरमा बच्चा जन्माउँदा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले वालविवाह नियन्त्रण गर्न पर्ने तुल्सी स्मारक मन्दिरका महन्थ रामायनी बाबाले जोड दिए ।

दुई दिन सम्म चलेको उक्त गोष्ठिमा जनकपुरमा १५ पुरोहित, १० धार्मिक गुरु र ५ स्थानीय बुद्धिजिवीहरुको सहभागिता थियो । पढ्ने उमेरमा विवाह गर्ने समस्या जटिल रुपमा देखिएकाले यसलाई नियन्त्रण गर्न तराई मधेसमा विशेष अभियान चलाउनु पर्ने सहभागिहरुले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment