Comments Add Comment

नक्कली डाक्टरपछि अब एनजीओ सञ्चालकको पालो !

गैरसरकारी संस्थामाथि कारवाही गर्न सरकारको निर्देशन

१५ असार, काठमाडौं । नक्कली डाक्टरमाथि कारवाही थालेको सरकारले अब एनजीओ र आइएनजीओमाथि समेत कारवाही थाल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरुले गलत काम गरिरहेको तथ्य पुष्टि भएको भन्दै उनीहरुमाथि छानविन गरी कारवाही गर्न स्थानीय विकास मन्त्रालयले स्थानीय सरकारलाई लिखित निर्देशन दिएको छ ।

INGO

स्थानीय विकास मन्त्रालयले एनजीओ/आइएनजीओमाथि कारवाहीका लागि बुधबार सबै जिल्ला विकास कार्यालयहरुलाई परिपत्रसमेत गरेको हो ।

गैरसरकारी संस्थाहरुको गतिविधिको सुक्ष्म अनुगमन र छानविन गरी दोषी भेटिएका संस्थामाथि कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

विभिन्न जिल्लामा रहेका एनजीओ/आइएनजीओहरुले दाताबाट करोडौँ रकम लिएको र त्यस्तो पैसाको दुरुपयोग भइरहेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले त्यस्ता एनजीओ/आइएनजीओको अनुगमन र कारवाही भएको व्यहोरासहितको प्रतिवेदन केन्द्रलाई बुझाउन समेत जिल्ला विकास समितिलाई निर्देशन दिएको छ ।

विशेषगरी ती संस्थाहरुले एच.आइ.भी/एड्सको रोकथाम, लागू पदार्थ दुव्र्यसनीको उपचार, समलिङ्गीमा एचआइभी रोकथाम, बसाइँ सराइमा परामर्श जस्ता नाममा जथाभावी खर्च गरेको मन्त्रालयको निश्कर्ष छ  ।

अख्तियारले समेत ती संस्थाहरुले गलत तरिकाले पैसा खर्च गरेको निष्कर्ष निकालिसकेको स्थानीय विकास मन्त्रालयले  जनाएको छ ।

गत ०७२ मंसिरमा एक नागरिकले ती गैरसरकारी संस्थाहरुले सामाजिक कामका नाममा गलत तरिकाले खर्च गरेको भन्दै छानविनको माग गरेका थिए । ती नागरिकको उजुरी अनुसार नै एनजीआ/आइएनजीओहरुले गलत काम गरेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment