Comments Add Comment

अमेरिकाका बुद्धिजीवी भन्छन् : सबै मिलेर एएनए अझ मजबुत बनाउनु पर्छ

america_buddijibi_nepaliवाशिंगटन डिसी  । आगामी जुलाई १ देखि ४ सम्म एटलान्टामा एएनए (दि एसोसीएसन् अफ नेपलिज इन अमेरिका)को सम्मेलन हुने र लगभग सम्मेलन पूर्ण तयारीको अवस्थामा रहेको छ  ।  सम्मेलनलाई सफलता बनाउन आयोजक अहोरात्र खटिई रहेका छन्  ।

आगामी अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ को सप्ताहान्तमा हुन् गइ रहेको एएनए सम्मेलनका बारेमा अमेरिकामा लामो समय देखि बस्दै आएका बिभिन्न बुद्धिजीवीवर्गसँग डिसी महानगर क्षेत्र बाट संचालित ईनेप्लिज डटकमले राखेको सवालमा अमेरिकाका सम्पूर्ण नेपाली समुदायलाई केहि संदेश दिनुको साथै आ-आफ्ना धारणा राखेका छन्  ।

प्रा डा अम्बिका प्रसाद अधिकारी : चिर परिचित नाम हो ,डा अम्बिका प्रसाद अधिकारी  ।  प्राध्यापक ,गैर आवासीय नेपाली संघ ,अन्तर्राष्ट्रियका पुर्व प्रमुख संरक्षक तथा बिभिन्न संघ तथा संस्थाका सल्लाहकार समेत रहेका डा अधिकारी सम्मेलनमा जाने उत्सुक भएको बताए  ।

डा अधिकारीले भने एएनए अमेरिकाको पुरानो तथा प्रतिष्ठित संस्था हो  । बिगतमा धेरै काम गरेको ईतिहास छ ।  अमेरीका नेपाली समुदायको पनि जन घनत्व ज्यादा भएकोले संघ तथा संस्थाको ज्यादै छ भन्दै उनले अगाडी भने पहिला एएनए मात्र थियो भने  ।  सहभागितामा पहिलेको जस्तो सम्भव न हुन् पनि सक्छ तर यो सम्मेलन बिशेष महत्वको हुने छ भने ।

संस्थालाई माया गर्ने सबै नेपालीलाई आउन आग्रह गर्दै भेटघाट ,पुनर्मिलन, परिचय जस्तो अवसर पाईने हुन्छ भन्दै सबै मिलेर यसलाई अझ मजबुत बनाउनु पर्छ आफु पनि जाने भएता पनि शुभकामना अग्रिममा दिन चाहेको बताए ।

यसै गरि टेक्सासमा लामो समय देखि बसोबास गर्दै आएका ब्यबसायी तथा बुद्धि जीवि अन्जन श्रेष्ठ भन्छन ,आफुले सम्मेलनमा जाने निधो गरेकोले आफ्ना साथी भाई,शुभ चिन्तक ,नेपाली समुदाय तथा बिसिष्ट व्यक्तिहरु संग पनि भेटघाट हुन् पाइने भएकोमा गदगद छन्  ।

श्रेष्ठ भन्छन ,एएनए बाट अमेरिकामा कैयौ संस्थाको जन्म भएको बताए  ।  उनले अगाडी भने सम्मेलनमा सहभागी हुने र सम्मेलन अवधिमा नै अर्को संस्था खोलिने गरेको ईतिहास यस्को छ भने  ।

श्रेष्ठ भन्छन ,संस्था गरिमा मय छ  ।  संस्थामा थुप्रै बुद्धिजीवीहरु छन  ।  बिगतमा थुप्रै महत्वाकाक्षी काम गरेको छ भन्दै जुलाई १ देखि ४ सम्म हुने सम्मेलनमा सबैलाई सहभागी हुन् अनुरोध गरेका छ ।

यसै गरि एटलान्टामा लामो समय देखि बसोबास गर्ने बुद्धिजीवी तथा समाज सेवी राजा घले आफ्नो ठाउँमा सम्मेलन हुने भएकोमा निकै हर्षित् भएका छन्  ।  नेपाल लगायत अमेरिकाका बिभिन्न राज्यहरु बाट समेत सहभागी आउने भएकोले पुनर्मिलन ,भेटघाट ,चिनजान ,एक आपसमा भातृत्व तथा भाईचारा जस्ता सम्बन्ध स्थापित समेत हुने भएकोले आफु पूर्ण तयारी रहेको बताए  ।

सम्मेलनको सफलताको कामना गर्दै यस्को लागि अहोरात्र खट्ने स्थानीय स्वयम् सेवक लाई बिशेष धन्यवाद दिएका छन् ।

घलेले अगाडी भने एएनए अमेरिकाको पुरानो संस्था हो ।  र ऐतिहासिक काम गरेको संस्था भएकोले यो सम्मेलनले नया आयाम थप्ने कुरामा आफु बिस्वस्त भएको बताए  । आफु नासाको पुर्व अध्यक्ष तथा अन्य स्थानीय संस्थाले पूर्ण सहयोग गर्न नसकेता पनि नेपाली समुदायले निकै सहयोग गरेको बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment