Comments Add Comment

यस्तो पो स्टारडमः रजनीकान्तको फिल्म प्रचारका लागि रंगियो प्लेन

rajani kanth photo painting in plan
साउथका सुपरस्टार रजनीकान्तको स्टारडम कति छ भन्ने जान्नका लागि हालै मात्र उनको एक चलचित्रको प्रचार शैली हेरे पुग्छ । रजनीकान्तले अभिनय गरेको चलचित्र ‘कबाली’ १५ जुलाइमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि एयर एसियाका केहि प्लेन नै रंगिएका छन् ।

एयर एसिया यो चलचित्रको एयरलाइन्स पार्टनर हो । यसैले प्लेनमा रजनीकान्तको तस्बिर नै राखेर रंगाइएको छ । ‘कबाली’ थीममा केहि प्लेन रंगाइएको हो ।

टिजर सार्वजनिक भएसँगै यो चलचित्रको चर्चा उत्कर्षमा छ । यसैपनि साउथ सुपरस्टार रजनीकान्तको चलचित्र रिलिजको समयमा हंगामा नै हुने गरेको छ । भारतको बैंग्लोरमा बस्ने फ्यान चलचित्र हेर्न चेन्नाई जान चाहेको खण्डमा समेत प्लेनले विशेष प्याकेज ल्याएको छ ।

यो एक ग्याङस्टार चलचित्र हो, जसमा रजनीलाई राधिका अप्टेले साथ दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment