Comments Add Comment

स्मार्टफोनसँग बिहे !

smart phoneदुनियामा यो भन्दा ठूलो विचित्र के होला ? एक जना मानिसले मोबाइल फोनसँग बिहे गरेका छन् ।

घटना अमेरिकाको हो । लस भेगासका एरोन चेर्वेनाक नाम गरेका ती युवकले आफ्नो स्मार्टफोनप्रेमलाई नयाँ उचाइँ दिँदै उसैसँग बिहे गरेका हुन् ।

उनले स्मार्टफोनसँग बिहे गर्दा औपचारिक समारोह नै आयोजना गरे अन्य खाले विवाहमा झैँ । समारोहमा बेहुलो एरोन दुलाहाको औपचारिक पोषाक सजिए भने दुलही स्माटफोन भने सुन्दर डिब्बाभित्र राखिएको थियो ।

लिटिल भेगास च्यापलका पादरीले चेर्वेनाकको विवाह गराइदिए । विवाह गर्ने बेला पादरीले एरोनलाई सोधे, के तिमी यो स्मार्टफोनलाई कानूनी तरिकाबाट पत्नी मान्दछौ ? के तिमी यसलाई प्रेम, सम्मान गर्दछौ । यसलाई सजिलोसँग राख्नुका साथै यसप्रति निष्ठावान रहन्छौ ? जवाफमा एरोनले भने, हो, म त्यसै गर्छु ।

द लिटिल लस भेगान च्यापलका मालिक माइकल केलीले सुरुमा त आफुलाई के हो यस्तो ? भन्ने लागेको तर पछि भने यो मान्छेले ठिक गर्दैछ भन्ने सोँचेको बताए ।

केलीका अनसार कलाकार तथा निर्देशक समेत रहेका चेर्वेनाकले स्माटफोनसँग विवाह गरी समाजलाई  एउटा सन्देश दिएका छन् । मानिसहरु फोनसँग यति नजिक तथा आत्मीय भैसकेका छन् की त्या विहे जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment