Comments Add Comment

चार करोडको आइपिओमा साढे तीन अर्बको आवेदन !

IPO-Logo१७ असार, काठमाडौं । दिब्येश्वरी हाइड्रोपावरले निष्काशन गरेको ४ करोड रुपैयाँको साधारण सेयर साढे ३ अर्ब रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता सय रूपैयाँ अंकित दरका ३ करोड ९६ लाख रूपैयाँ बराबरको साधारण सेयर सोमबारदेखि बिहीबारसम्म निष्काशन गरेको थियो ।

‘सबै कलेक्सन सेन्टरको सूचना आइपुगेको छैन,’ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलका प्रमुख सञ्चालन अधिकृत रमेशकुमार महतले अनलाइनखबरसँग भने- ‘साढे ३ अर्ब रूपैयाँ बराबरको माग आवेदन परेको हाम्रो अनुमान छ ।’

आवेदन दिन पाइने अन्तिम दिन अर्थात बिहीबार एकैदनि १ अर्ब ६१ करोड रूपैयाँ बराबरको माग आवेदन परेको महतले बताए । देशभर १ स्थानबाट सेयरका लागि आवेदन दिन सकिने व्यवस्था मिलाएको थियो ।

कम्पनीले पुर्वीपहाडी जिल्ला संखुवासभाको सभा खोलाबाट ४ मेगावाट विद्युत उत्पादन गर्दैछ । कम्पनीको चुक्ता पुँजी १९ करोड र अधिकृत पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ रहेको कम्पनीले चालु आर्थिक वर्षमा प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ रहने अनुमान गरेको छ । २०६५ सालमा स्थापना भएको कम्पनी ०६९ सालदेखि पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । क्याप्टेन दधी निरौला कम्पनीका अध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment