Comments Add Comment

१३ वर्षदेखि अड्कियो पुलको फाइल

Pul Nirman 2
फाइल फोटो

१८ असार, काठमाडौं  । पुल निर्माणका लागि इस्टिमेटसहित पेस गरिएको फाइल अर्थ मन्त्रालयले रोकेर निकाशा नदिएपछि मोरङ जाँते २ र ३ को सिमाना भएर बन्ने तोली खोलामाथिको पुल निर्माण अघि बढ्न सकेको छैन ।

पुल आभावका कारण हिडेर खोला तर्नुपर्दा वर्सेनि बगेर सर्वसाधारणको मृत्यु हुने क्रम बढिरहेको छ ।

प्राविधिक इस्टिमेट गरी स्थानीय बासिन्दाले पुल निर्माणको माग गरेर २०६० सालमा पहिलो पटक जिविस मोरङमार्फत अर्थ मन्त्रालयमा फाइल पेस गरेका थिए ।

पुल अभावमा मानिसको ज्याननै जाने गरीको समस्या हुँदासमेत सरकारले भने तेली खोलमा झोलुंगे पुल निर्माण गर्न चारो नदेखाएको स्थानीयको आरोप छ । विद्यालय तर्न दैनिक १ सय ५० भन्दा धेरै विद्यार्थीले दैनिक तेली खोला तर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment