Comments Add Comment

मलावीका राष्ट्रपतिले मुसा र फट्यांग्रा खान भनेपछि जनता आक्रोसित

President Mutharikaखाद्यसंकटका कारण हातमुख जोर्न नपाएर जनता भोकले छटपटाइरहेका बेला राष्ट्रप्रमुखले जनतालाई सान्त्वना दिन के भन्लान् ? साँच्ची, सरकारले खाद्यान्न उपलब्ध गराउन फलानो काम गरिरहेको छ, नआत्तिनुस्, खानेकुरा फारो गर्नुस् भन्लान् ।

तर यो दुनियामा यस्ता राष्ट्रपति पनि हुँदा रहेछन् जसले खान नपाएर भोकाएका जनतालाई मुसा र फट्यांग्रा खाएर पेट भर्न आदेश दिन्छन् ।

अफ्रिकी देश मलावीका राष्ट्रपति अहिले यहीँ कुराले तिव्र विवादमा तानिएका छन् । देशमा व्याप्त खाद्य संकटका बेला उनले जनतालाई मुसा र फट्यांग्रा खान अपिल गरेका थिए ।

हालैको एक र्यालीमा सम्बोधन गर्दै राष्ट्रपति पिटर मुठारिकाले खाद्य संकट समाधानका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताउँदै भने,  सरकारले यति गर्दा पनि किन मानिसहरु भोकमरीले मरिरहेका छन् ? हामीसँग खानका लागि धेरै चिज छन् । हामीले मुसा, फट्यांग्रा तथा क्यासाभा पनि खानुपर्छ ।

राष्ट्रपतिको यो भनाईप्रति सर्वसाधारण तथा मानवअधिकारवादीले तिव्र आलोचना व्यक्त गरेका छन् । सोसल मिडियामा राष्ट्रपतिको तिव्र आलोचना गर्दै उनी क्रुर तथा संवेदनाहीन भएको आरोप लगाइएको छ । कतिपयले राष्ट्रपतिलाई नै मुसा खाने काम सुरु गर्न सुझाव दिएका छन् ।

राष्ट्रपतिको भनाईपछि सत्तारुढ दलको झण्डालाई पनि बंग्याएर सोसल मिडियामा भाइरल बनाइएको छ । झण्डामा रहेका तिनवटा मकैका घोँगाको ठाउँमा मुसा र फट्यांग्रा राखेर तस्वीर तयार पारेर इन्टरनेटमा खिसिट्युरी गरिएको छ ।

राष्ट्रपति विरुद्ध तिव्र आलोचना भएपनि त्यहाँकी सूचना मन्त्रीले बचाउ गर्दै राष्ट्रपतिले केवल जोक मात्र गरेको दाबी गरिन् । मानिसहरुले भने भोकमरीको विषय जोकको विषय नभएको भन्दै सूचना मन्त्रीलाई नै पाठ पढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment