Comments Add Comment

तपार्इंको नङ कति फोहोर ?

nailरोगबाट बच्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेकै राम्रोसँग हात धुनु हो भनिन्छ । डाक्टर होउन् वा घरका अभिभावक सबैले तपार्इंलाई पनि हात सफा राख्ने सल्लाह दिने गरेको याद आउँछ होला ।

खाना खानुअघि तथा दिसापिसाब गएर आइसकेपछि साबुनपानीले राम्रोसँग हात धोएमा झाडापखाला, आउँ लगायतका धेरै रोगबाट बच्न सकिन्छ । हातमा धेरै किटाण हुने भएकाले हात सफा नराख्दा ती किटाणुहरु खाना खाने बेलामा मुखहुँदै सरीर भित्र प्रवेश गर्दछन् ।

विभिन्न रोगबाट बच्नका लागि हात धुनैपर्ने हुन्छ । तर एउटा कुरा के सत्य हो भने जति धेरै धोएपनि हातबाट पूर्ण रुपमा ब्याक्टेरियाहरु निर्मूल भने हुँदैनन् ।

आजभन्दा करीब सय वर्ष पहिले डाक्टरहरुले पत्ता लगाएका थिए की पटक पटक हात धुँदा पनि हातबाट किटाणुहरु पूर्ण रुपमा निर्मुल हुँदैनन् भन्ने कुरा । तर यसको कारण पत्ता लाग्नमा भने ७५ वर्ष गुज्रियो ।

सन् १९७० को दशकमा छन् । वैज्ञानिकहरुले यसको कारण पत्ता लगाए । उनीहरुका अनुसार सबैभन्दा धेरै किटाणुहरु औँलाको नङमा रहन्छन् । त्यसैले यदि तपाइँले आफ्ना औँलाको नङहरु राम्रोसँग सफा राख्नेहो भने किटाणुहरु कम फैलिन्छन् । अनुसन्धानबाट के पत्ता लागेको छ भने औँलाका नङको भित्र जुन ठाउँ हुन्छ त्यो वास्तवमा किटाणुहरुको चिडियाखाना नै हो ।
nail2बाहिर जति हात सफा गर्दापनि नङभित्रको यो ठाउँको फोहोर सफा हुन पाउँदैन, त्यसलाई कोट्याएरै फ्याँक्नुपर्ने हुन्छ । त्यहाँ साबुन पनि छिर्न सक्दैन । अझ हात धुँदा यो ठाउँको पानी लामो समयसम्म नसुक्ने भएकाले त्यहाँ जिवाणुहरु हुर्किने राम्रो वातावरण रहन्छ ।

सन् १९८८ मा अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयमा एक अनुसन्धान भयो । जसमा स्वयंसेवी तथा सबै कर्मचारीहरुको हातको नमूना लिइयो । नमूना परीक्षणका क्रममा पाइयो की नङभित्रको जुन ठाउँ हुन्छ त्यो हातका अन्य ठाउँभन्दा बढि फोहोर तथा ब्याक्टेरियायुक्त हन्छ । उक्त ठाउँमा लाखौँ ब्याक्टेरिया पाइन्छन् । जबकी एउटा हातको अन्य ठाउँमा हजारौँसम्म ब्याक्टेरियाहरु पाइन सक्छन् ।

इसमा हामीले पाल्ने लामा नङ तथा नक्कली नङले पनि भूमिका खेल्दछन् । अमेरिकामा गरिएको एक अध्ययन अनुसार नक्कली नङ लगाउने मानिसहरुमा सामान्य नङ मात्र भएका मानिसहरुमा भन्दा धेरै ब्याक्टेरिया पाइने गरेका छन् । शोधकर्ताहरुका अनुसार पालिस लगाएका नङहरुमा नलगाएकाहरुमा भन्दा कम ब्याक्टेरिया पाइने गरेको छ ।

यी सबै उदाहरणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने नङलाई छोटो तथा सफा राख्नु निकै आवश्यक हुन्छ । जसका कारण नङभित्र धेरै किटाणु रहन पाउँदैनन् । त्यस्तै नियमित रुपमा नङ पालिस लगाउने र छिटो छिटो नङपालिस सफा गरेर नयाँ लगाउने नङको भित्र पनि किटाणु कम हुन्छन् ।

हरेक वष विश्वमा झण्डै ३० लाख मानिसहरु झाडापखालाका कारण मर्ने गर्दछन् । यदि हात राम्रोसँग सफा राख्ने हो भने यी मध्ये १० लाखको ज्यान जोगाउन सकिने विज्ञहरु बताउँछन् । यदि  नङलाई सफा तथा छोटो राख्नेहो भने अझै धेरैलाई बचाउन सकिन्छ ।

यी सबै कुरा सुनिसकेपछि अब नङ पाल्ने रहर त हरायो होला हैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment