Comments Add Comment

कविता- मृत्युदण्ड

anmol-kandelयति बेला ,
मेरो लागी सुन्दर सजाय नसोच्नुस् मालिक ,
बरु  बक्सिनुस् मलाइ मृत्युदण्ड ।

तपाइँको जम्मै क्रोधहरु ,मज्जाले लिपेर धार्नुस
मेरो जिद्दी भन्दा पनि बोधो तलवार ,
अनि शेरीदिनुस् क्रुर भएर
मेरो भाग्यशाली गर्धन् ।

 

मालिक् !
तपाइँले हजारौ वर्ष लगाएर ,
बनाउनु भएको यो भोकको साम्राज्यमा ,
यो रोगको कारागारमा ,
म मान्छेहरुले आवेशमा आएर ,
इश्वरलाइ लिङ्गमा बाधेँर
लतारेको हेर्न सक्दिन ,

मालिक उडाइदिनुस् पेस्तोलले ,
मेरो यो खतरनाक् अशान्त खोपडी ।

क्राइस्टलाइ जसरी ,
बरु टाङ्गनुस मालिक मलाइ क्रसमा ,
ठोक्नुस काँटी ,
मेरो हातमा ,
मेरो खुट्टाहरुमा ,
रगताम्मे बनाएर छोडिदिनुस् बरु एकलास् ,
मोक्ष दिनुस मालिक मलाइ यो नर्कबाट ।

मुन्टो निचारेर मेरो ,
जबर्जस्ती कोच्याइदिनुस् मेरो मुखमा ,
सुकरातलाइ पिलाएको हेमलक् ,
हेर्दै हास्नुस् बरु ,
मेरो शरिरभरी विषले फिजाँउदै गरेको
मृत्युको हागाँबिगाँहरु ।

 

मालिक् ,
मलाइ बेरेहेम् मारेर ,
बनाउनुस मेरो लासलाइ ,
परजिवीहरुको आहार !

मेरो कल्पना भन्दा पनि ,
हजारौँ गुणा क्रुर भएर मार्नुस मालिक ,
लाखौँ दफा भयंकर चोटले लडाउनुस ,

यसरी दफनाइदिनुस् कि मालिक ,
एक पटक कम्पन उठोस् यो जगतमा ,
पहिरोले लतारुन तमाम् पहाडहरु ,
कामुन् यहाँका सुन्दर भन्दा सुन्दर फूलपनि ,
रगताम्मे भएर डुबुन् जलाशयहरु ।

मालिक् ,
कृपया मलाइ मारेर ,
ज्यूदों बनाइदिनुस् त्यो मुमुक्ष चेतना ,
ब्युझाँइदिनुस्  यि दासहरुमा चेतको आगो ,

यसरी कुर्लिनुस  कि मालिक् ,
घटाइदिनुस् एउटा महाप्रलय ,
ता कि ,
त्यो रिस पछि तपाइँको आखाँ खुल्दा ,
तपाइँलाइ वरिपरि घेरुन तपाइँकै दासहरुले ,
निरंकुशताको आखाँ अघि टक्क उभियोस
समयलाइ काधँमा बोकेर मृत्यु ।
इश्वरलाइ छातीमा राखेर सत्य  ।

ढिलो नगर्नुस् मालिक् ,
आउनुस् ,

पृथ्वी उचालेरै थचार्नुस् ,
मृत्यु मागेर हासिँरहेको ,
यो पागल अलमुस्तफाको अनुहारमाथी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment