Comments Add Comment

अस्ट्रेलियामा मन्जु र पशुपतीको तीज धमाका

teej-australiaसिड्नी । प्रवासका बजार पनि अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । हरितालिका तीज आउन दुइ महिना बाँकी रहेपनि प्रवासमा यसको रन्को सुरू भैसकेको छ । कलाकार र चलचित्रका लागि महत्वपूर्ण बजारका रुपमा देखिएको अस्ट्रेलिया चाडपर्व र कला संस्कृतिका  लागि पनि त्यत्तीकै चर्चामा आउने गर्छ ।  प्रवासमा हरितालिका तीज मनाउने प्रचलन बढ्दो छ  । तिथि मिती भन्दापनि समय अनुकुल हुनेगरी अगाडि र पछाडि बिदाको दिन पारेर मनाइने गर्छ चाडबाड ।

यस पटक सिड्नीमा  बीएमएस फिल्म्सको ब्यबस्थापन र मोर्टगेट अम्पायरको सहकार्यमा आगामी जुलार्इ ३० तारिखका दिन तीज धमाका हुने भएको छ । सिड्नीको हर्षभिलस्थित मराना अडोटोरियममा संन्चालन हुने तीज धमाकाका लागि नेपालवाट चर्चित लोकगायक पशुपति शर्मा र मन्जु पौडेल सिड्नी आउने भएका छन । साथमा  नेपाली लोकलयमा स्थापित  गायक नरेश रेग्मीले पनि आफ्नो कला प्रस्तुत गर्नेछन कार्यक्रममा  ।

बिदेशमा बस्ने नेपालीका लागि कला संस्कृतिको जर्गेनाका साथै जमघट अनि आपसी सदभावको माध्यम हो सांस्कृतिक कार्यक्रम, आयोजक बिरेन्द्रदीप  मल्लले बताए । कार्यक्रममा बिशेषत प्रवासमा बस्ने नेपाली दिदी बहिनीहरुको लागि तीज गीतका साथै अन्य लोकगीत र संगित पस्कने कार्यक्रम रहेको मल्लले बताए । कलाकार र लोकगायनमा तिजको बिशेष महत्व रहेको कार्यक्रममा आगन्तुक गायिका मन्जु पौडेलले अनलाइन खबरलाई बताइन । मन्जुले भनिन, अस्ट्रेलिया गीत संगित मात्र होइन नेपाली कलाकारको पनि दोस्रो घर बनिसकेको छ ।

चाडबाड र पर्वहरुसँग  हाम्रो गीत संगितको पनि साइनो गासीएको छ, हाम्रो नेपाली समाज तिजमा माइतीका संझना अनि राता पहिरनका कथा अनि ब्यथा गाइने र सुनिने गरिन्छ ।  हामीले प्रवास रहेर पनि आफ्नो चाडबाड र रीती रिवाज अनि परम्परालाई कायमै राख्नु महत्वपुर्ण कुरा हो, लोक गायक नरेश रेग्मीले सुनाए । कार्यक्रम सिड्नी लगायत क्यानबेरा र मेलवर्नमा समेत आयोजना हुने आयोजक मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment