Comments Add Comment

सेयरको लगानी डुब्न नदिन रविन्द्र भट्टरार्इका टिप्स- चार ‘इ’ फलो गर्नुहोस्

Rabindra-bhattrai-final१९ असार, काठमाडौं । सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ लगानी गर्नेमध्ये ९० प्रतिशतले गुमाउँछन् र १० प्रतिशतले मात्रै कमाउँछन् । त्यसैले सेयर बजारलाई कतिपयले ‘जुवा’ समेत भन्ने गरेका छन् ।

तर, किन गुमाउँछन् त धेरै लगानीकर्ताले ? सेयरमा गरिएको लगानी डुब्न नदिन लगानीकर्ताले के कस्ता कुरामा विषेश ध्यान पुर्‍याउनु पर्छ ? भनेर सेयर विश्लेषक रविन्द्र भट्टराई सोध्दा उनी भन्छन्- ‘सेयर किन्न जानुभन्दा पहिल्यै मैले किनेको मुल्यभन्दा तल गायो र नोक्सान भयो भने त्यो नोक्सानलाई म यसरी क्षतिपुर्ति गराउँछु भन्ने उपायसहित लिएर सेयर बजारमा प्रवेस गर्नुपर्छ । तर, ९० प्रतिशत लगानीकर्ताहरु त्यस्तो उपाय लिएर हिँड्दैनन् । त्यसैले डुब्छन् ।’

नोक्सान भए के गर्न ? आपतकालीन स्थिति आइलागे के गर्ने भन्ने विषयमा नसोची लहैलहैमा लागेर लगानी गरेकै कारण अधिकांस लगानीकर्ताहरु डुब्ने गरेको उनको भनाई छ ।

‘थोरै लगानीकर्ताले दीर्घकालमा कमाउँछन् तर धेरै लगानीकर्ताहरु छोटो समयमै धेरै नाफा खान खोज्ने भएकाले जस्ता पनि कम्पनीको सेयर किनेकै कारण पनि डुब्छन्,’ भट्टराई भन्छन्- अहिले नै हेर्नुहोस् न यस्तै लगानीकर्ताका कारण मुल्य बढ्नुपर्ने कुनै आधार नभएका कम्पनीको मुल्य पनि आकासिएको छ ।’

विश्लेषक भट्टराई सेयरमा पैसा कमाउने हो भने चार वटा ‘इ’ फलो गर्न लगानीकर्ताहरुलाई सुझाउँछन् । ‘पहिलो ‘इ’ भनेको एजुकेशन हो । सेयरमा लगानी गर्न चाहनेसँग सेयर बजार के हो र कसरी कारोबार हुन्छ ? कस्ता कम्पनीको सेयर किन्नुपर्छ रु लगायतका ज्ञान हुनुपर्छ,’ भट्टराई भन्छन् ।

एजुकेशन भनेको कम्पनीको बारेमा बुझ्ने पनि हो । त्यसभित्र कम्पनीको नाफा, रिजर्भ, खराब कर्जा, दायित्व, सञ्चालक समिति, लगानी, व्यवस्थापन, उसले विगतमा दिएको नाफाको अवस्था सबै कुरालाई अध्ययन गर्नुपर्ने उनको भनाई छ ।

राम्रो के हो ? नराम्रो के हो ? छुट्याउन सक्ने ज्ञान प्राप्त गर्नका लागि सेयर तालिम लिने, किताबहरु पढ्ने, भिडियोहरु हेर्ने, नीतिगत कुराहरु हेर्ने, आमसञ्चारका माध्यममा समाचार तथा विश्लेषणहरु हेर्ने गर्नुपर्ने उनको सुझाब छ ।

दोस्रो ‘इ’ भनेको बजारमा इन्ट्री (प्रवेस) हो । सेयरसम्बन्धी शिक्षा लिइसकेपछि बजारमा प्रवेस गर्नुपर्छ । ‘बजारमा प्रवेस गर्नुअघि मैले कस्ता कम्पनीमा लगानी गरेँ भनेँ जोखिम बढी हुन्छ । घट्यो भने के गर्ने ? भन्ने उपायहरु पनि सोच्नुपर्छ,’ उनी भन्छन् ।

तेस्रो ‘इ’ भनेको एक्सपेरियन्स अर्थात् अनुभव हो । बजारमा प्रवेस गरेपछि मात्रै लगानीकर्तासँग अनुभव हुन्छ । ‘लगानीकर्ताको चाहाना आज बजारमा प्रवेस गरेर भोली नै कमाइहालौं भन्ने हुन्छ तर, अाफुसँग कति वर्षको अनुभव छ भन्ने कुरा चैं बुझ्दैन,’ भट्टराई भन्छन्- ‘अनुभवी लगानीकर्ताहरु हम्मेसा डुब्दैनन् ।’

चौथो ‘इ’ भनेको एक्जिट अर्थात बाहिरिने हो । ‘एउटा नाफा लिएर बाहिरिने, दोस्रो नोक्सान व्यहोरेर बाहिरिने र तेस्रो साँवाँ लिएर बाहिरिने हो,’ उनले भने । सकेसम्म लगानीकर्ताले नाफा लिएर बाहिरिने हो । तर, जोखिम आउन सक्छ भन्ने संकेत देखियो भने नाफाको लोभमा नपरी साँवाँ लिएर बाहिरिनु नै उपयुक्त हुने भट्टराईको भनाई छ ।

यो पनि पढ्नुहोस्- यही वर्ष सेयर बजारले २ हजार अंक छुनसक्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment