Comments Add Comment

पूरै तलबका साथ सुत्केरी विदाको मजा !

Paid-Leave-for-Man-1

१९ असार, काठमाडौं । आयरल्याण्ड सरकारले पुरुषहरुलाई पनि सुत्केरी बिदा दिने भएको छ । नयाँ-नयाँ बुवा बन्नेहरुले अब दुई हप्ताको सुत्केरी विदा पाउने छन् र विदा अवधिभरको तलब काटिने पनि छैन ।

यो नियम सेप्टेम्बरदेखि लागू हुनेछ । यस निर्णयसँगै आयरल्याण्ड ति देशहरुको सूचीमा सूचिकृत भएको छ जुन देशहरुले बुवा बन्नेहरुलाई पनि ‘पेड लिभ’ अर्थात् तलबसहितको विदा दिन्छन् ।

नेपाल, ब्रिटेन, स्पेन, पोल्याण्ड, भेनेजुयला, न्यूजिल्याण्ड र अष्ट्रेलियामा पुरुषहरुले पनि सुत्केरी विदा पाउँछन् । नेपालमा सरकारी जागिर खाने नेपाली पुरुष कर्मचारीहरुले मात्र तलबसहित १५ दिनको सुत्केरी स्याहार विदा पाउँछन् । तर नेपालका प्राइभेट जागिरेहरुलाई यो अवसर कमै मात्र हुन्छ ।

यसैगरी यूरोपका कैयौं देशले पनि बुवा बन्नेहरुलाई तलबसहित एक महिनाको छुट्टी दिन्छन् ।

आयरल्याण्डमा यदि कोही बुवा बनेको छ भने र उ स्वयम् जागिर खान्छ भने पनि उसलाई सरकारले हरेक हप्ता दुई सय २० यूरो या दुई सय ५८ डलर दिन्छ ।

New-Born-Baby

विश्वमा दुई देशमात्र छन् जहाँ आमा बन्ने महिलाहरुले मात्रै ‘पेड लिभ’ पाउँछन् । ति देशहरु हुन्, अमेरिका र पपुआन्यूगिनी । धेरै देशका पुरुषहरुले तलबसमेत पाउने गरी सुत्केरी विदा पाउँदैनन् । श्रीमती सुत्केरी हुँदा श्रीमान विदा बस्यो भने तलब काट्ने प्रचलन छ । त्यसैले दुई हप्ताभन्दा धेरै समय विदा बस्ने पुरुषहरुको संख्या कम हुन्छ ।

बर्षौंदेखि महिला अधिकारकर्मीहरुले सुत्केरी विदामा जोड दिँदै आएका छन् । तर, जानकारहरु भन्छन् यो सोचाईं एकतर्फी छ, किनकी विदाको सट्टा परिवारका पूरै सदस्यहरुको आम्दानी बढाउनमा जोड दिनुपर्छ । यसमा बुवा बन्नेहरुलाई तलबसहितको विदा दिनुपर्छ भन्ने सुझाव पनि सामेल छ ।

यस्ता धेरै कारणहरु छन् जसबाट बुवा बन्नेहरुलाई पनि तलबसहितको विदा दिँदा समाजका लागि राम्रो हुनसक्छ । कतिपयले श्रीमान्लाई तलबसहितको सुत्केरी विदा दिँदा श्रीमतीको पनि आम्दानी बढ्दछ भनेका छन् ।

Couple-with-Baby

स्वीडेनमा भएको एक सर्भे अनुसार यदि बुवाले एक महिनाको सुत्केरी विदा लिएको छ भने सुत्केरी आमाको तलबमा वर्षेनी औसत सात प्रतिशतले बृद्धि हुन्छ । यसैगरेकाले स्वीडेन महिला-पुरुषलाई बराबर हक दिने सवालमा चौथो श्रेणीमा पुगेको छ । यसका लागि जागिर दिने कम्पनिहरुले आफ्नो नियम पनि बदल्नुपर्दछ ।

ब्रिटेनमा भएको एक सर्भेका अनुसार यदि बुवा बनेपछि पुरुषहरु विदा लिएर बच्चाको स्याहार सुसार गर्छन् भने आमाहरुलाई अझै उपल्लो दर्जामा पुग्ने अपेक्षा बढेर जान्छ । उनीहरुको आम्दानी पनि बढ्छ । तर, पुरुषले विदा लिएर आमा र बच्चाको स्याहार नै गर्छ भन्नेमा भने शंका छ ।

तलबसहित सुत्केरी विदा लिने नाममा बच्चाको लालन-पालनमा बुवाहरुले पनि धेरै चाहना भने राख्दछन् ।

स्वीडेनमा भएको एक सर्भेबाट के पत्ता लागेको छने सुत्केरी विदा लिने पुरुषले बच्चा १२ वर्ष पुग्दासम्म पालन पोषणमा धेरै जिम्मेवारी निभाउँछ । यसबाट आमाहरुलाई आफ्नो करियरमा ध्यान दिने मौका मिल्दछ ।

Father-and-his-baby

सुत्केरी विदा लिनेहरु आफ्ना बच्चाको पालन पोषणमा हमेशा ठूलो भूमिका निभाउँदछन् । जस्तो कि बि्रटेनमा लामो छुट्टी लिने पुरुषहरुमध्ये ३५ प्रतिशत यस्ता थिए जो आफ्नो बच्चाको डाइपर फेर्दिने काम गर्दथे । यसमा पनि धेरै पुरुषहरुले आफ्नो बच्चालाई दूध पिलाउँथे । खासमा उनीहरु रातिमा उठेर बच्चाको ख्याल गर्दथे ।

बच्चाको लालन-पालनको जिम्मेदारी बुवाले सम्हाल्नुको सबैभन्दा धेरै फाइदा आमाहरुलाई हुन्छ । उनीहरुको स्वास्थ्य राम्रो हुन्छ । आमा बनिसकेपछि चाँडै नियमित काममा फर्किन सक्ने हुन्छिन् र आफ्नो करियरमा पनि ध्यान दिन सक्छिन् ।

बच्चा भइसकेपछि आमाहरुले धेरै तनावमा रहनुपर्छ । तर जब जिम्मेवारी बुवाले समेत लियो भने बोझ बाँडिन्छ र तनाव पनि कम हुन्छ ।

केही देश यस्ता पनि छन् जो बुवा बन्नेहरुलाई सुत्केरी विदासँगै बोनस पनि दिन्छन् । जर्मनी यस्तै देश हो । जहाँ बच्चा भएपछि आमा-बुवा दुबैलाई १२ देखि १४ महिनासम्म विदा दिइन्छ । यद्यपी अधिकांश मामलामा महिलाहरु नै धेरै विदा बस्दछन् ।

(बीबीसी हिन्दीको सहयोगमा, तस्वीर: थिंकस्टक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment