Comments Add Comment

बालमस्तिष्कमा भारतीय लगानी प्रभाव

India-Flag२० असार, काठमाडौं ।

‘भारत छोडी अन्त नाता कही पनि जोड्न पाउँदैनौ
भारतसँग नाता तोडी कोही पाउँदैन जान
भारतले जे भने पनि स्वीकार गरी मान
भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान
योभन्दा ठूलो अरु कहीं पाउँदैनौं ज्यान’

हालै अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कस्थित जनज्योति उच्चमाध्यमिक विद्यालयको भवन उद्घाटन समारोहमा विद्यार्थीले गाउको गीतको एक अंश हो यो ।

उक्त भवन भारतीय दूतावासको लघु वित्तीय सहयोग कार्यक्रमअन्तर्गतको लगानीमा बनेको थियो । अहिले सामाजिक सञ्जालमा यस्तो गीत गाउन लगाउनेप्रति छानबिन हुनु पर्ने मागले व्यापकता पाइरहेको छ ।

यस विषयमा सामाजिक सञ्जाल ट्वीटरमार्फत धेरैले आपत्ति पनि जनाइसकेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले उक्त कार्यक्रममा प्रमुख अतिथि बनेका उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कारबाही गरिनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । मन्त्री रायमाझीले भने,’बालबालिकाले गाउने गीतमा शिक्षकको प्रत्यक्ष निर्देशन हुनुपर्छ तर त्यहाँ यस्तो भएको पाइएन ।  आजको अन्नपूर्णमा समाचार छ ।

शिक्षक र विद्यार्थीको गल्तीप्रति आफूले आपत्ति जनाइसकेको उनले प्रस्ट्याए । कार्यक्रममा प्रमुख अतिथि बनिसकेपछि म गीत सुन्दिन भनेर हिँड्न नमिल्ने तर्क गर्दै उनले विद्यालयले आफ्नो कमजोरी स्वीकारिसकेकाले यस विषयमा लागिरहनु नपर्ने पनि बताए । कार्यक्रममा भारतीइ राजदूत रन्जित रे पनि उपस्थित थिए ।

बालमनोविद् डा. अनिता तामाङ बालबालिकालाई सानैदेखि जे सिकाइन्छ उनीहरुको मस्तिष्कमा त्यही बस्ने हुनाले भविष्यमा उनीहरुले लिने लाइन पनि सोहीअनुरुप हुन बताउँछिन् । ‘बालबालिकाले अहिले सही गलत छुट्याउन नसक्ने हुनाले उनीहरुले अभिभावक र शिक्षकको मार्गनिर्देशनअनुसार नै काम गर्छन् । तर बुझ्ने भइसकेपछि यस्ता गलत सिकाइले उनीहरुको मानसिकता नकारात्मक असर पर्छ,तामाङले भनिन् ।

शिक्षकले विद्यार्थीलाई राजनीतिक हतियारका रुपमा प्रयोग गरिरहेका हुनाले पनि बालमस्तिष्कमा यस्ता कुरा घुसेको विश्लेषण गर्छन् शिक्षाविद् विद्यानाथ कोइराला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment