Comments Add Comment

मःमः हैन, काठमाडौंमा जिउँदो राँगाभैंसीमा प्रतिवन्ध

Buffalo (4)२० असार, काठमाडौं । सरकारले साउन १ गतेबाट राजधानीमा जिउँदो राँगा तथा भैंसी ल्याउन प्रतिवन्ध लगाउने भएको छ ।

राजधानीमा व्यवस्थित वधशाला र अहिले रहेका वधशालानभएको मा काटेको मासुले मानवको स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै सरकारले जिउँदा भैंसी राँगा ल्याउन प्रतिवन्ध लगाएको हो ।

अनलाइनखबरसँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले भने, ‘साउन १ गतेबाट घाइते तथा बिरामी भैंसी ल्याएर अमानवीय तरिकाले मार्ने स्थिति अन्त्य गर्न लागिएको हो ।’

राजधानी बाहिर पनि व्यवस्थित बधशालामा मात्रै रागा भैंसीको मासु उत्पादन गर्न पाइने उनले बताए ।

तर, सामाजिक सञ्जालमा फैलिएको जस्तो  साउन १ गतेबाट राजधानीमा म.म. खान नपाउने कुरामा सत्यता नभएको तामाङले स्पष्ट पारे । यद्यपि अहिलेको जस्तो गुणस्तरहीन मासुको किनबेचमा भने प्रतिबन्ध लाग्ने उनले बताए । राँगा भैंसीमा प्रतिबन्ध लगाएसँगै राजधानी पशुमैत्री एवं स्वच्छ शहर बन्ने तामाङको दाबी छ ।

राजधानीका बधशालामा काटिएका मासु स्वास्थ्यका लागि हानीकारक भएको रिर्पोट पेश गर्दै उपभोक्ता अधिकार मञ्चहरुले त्यस्तो बधशालाको अनुगमन गर्न माग गर्दै आएका थिए ।

यस्तै वधशालाले दुर्गन्ध फैलाएको भन्दै हटाइदिन माग गर्दै स्थानीयद्वारा महानगरपालिकामा दर्जनौँ उजुरी परेका थिए । राजधानीलाई पशुअधिकार मैत्री बनाउन विभिन्न गैरसरकारी संस्थाले दबाव दिँदै आएका थिए । तामाङले भने, ‘अब राँगो उफ्रँदै शहिद गेटमा आएर बाइक लडाउन पाउँदैन, जिउँदो राँगाले काठमाडौँ देख्न प्रतिवन्ध लगाइयो ।’

मःमःलाई प्रतिवन्ध होइन

महानगरपालिकाले राजधानीमा मःमःमाथि प्रतिबन्ध नलागेको बताएको छ । गुणस्तर जाँच भएको मासु ल्याएर मःमः बनाउन सकिने महानगरले बताएको छ । मासु ल्याउँदा पनि गुणस्तरताको प्रमाण चाहिने, तर मासु ल्याउनै प्रतिवन्ध नलागेको महानगरपालिकाले बताएको छ ।

स्लटर हाउस (वधशाला)लाई अनुदान

सरकारले राजधानी बाहिर स्लटर हाउस चलाउनेलाई अनुदान दिने घोषणा गरेको छ । स्लटर हाउस नहुँदा नागरिकले दुषित मासु खान बाध्य भएको र राजधानी बाहिर मासुको बजार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।

अब राजधानीका लागि नागढुंगा भन्दा बाहिरै तोकिएको मापदण्डको स्लटर हाउस खोल्न पाइनेछ । र राजधानी ल्याउने मासुको गुणस्तरसमेत जाँच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment