Comments Add Comment

‘वीर विक्रम’ ट्रेलरमा दीयाको पछि दया, अनुप र अर्पण

diya pun in bir bikram
भदौ ३ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘वीर विक्रम’को ट्रेलर रिलिज गरिएको छ । चलचित्र प्रदर्शनमा आउनु भन्दा करिब डेढ महिना अगाडि यसको ट्रेलर युटुबबाट रिलिज गरिएको हो ।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप वित्रफम शाही, नाजिर हुसेनको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुनको मुख्य भूमिका छ । arpan and diya pun in bir bikram
यो चलचित्रको ट्रेलरमा प्रेम, धोका, बदला र युद्धको कथालाई देखाइएको छ । अन्य चलचित्रमा भन्दा यसमा दयाहाङ स्लिम देखिएका छन् । एकमात्र नायिका दीयाको वरिपरी घुम्ने ३ यूवाको प्रेमकथामा चलचित्र बनेको वुझ्न सकिन्छ । नाजिर हुसेनले दर्शकलाई हसाँउने अपेक्षा गर्न सकिन्छ ।

लण्डन सीने आइ प्रोडक्शनमा यो चलचित्र निर्माण भएको हो । यसैविच, नायक दयाहाङ राई आफू अभिनित चलचित्र ‘वीर विक्रम’ रिलिजका लागि अष्ट्रेलिया जाने भएका छन् । अगष्टमा अष्ट्रेलियाको सिड्नी, मेलवर्न, व्रिसवेनमा यो चलचित्रको प्रदर्शन हुँदैछ ।

दयाहाङसँगै बसेर दर्शकले चलचित्र हेर्न पाउने प्रवर्द्धक कम्पनी नमस्ते इन्टरटेन्मेन्टले जानकारी दिएको छ । दयाले अन्य मुलुकका कलाकारसरह भिसा प्राप्त गरेको नमस्ते इन्टरटेन्मेन्टका गोविन्द भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment