Comments Add Comment

जापान सिटी ग्रुपको सेवा बिस्तार

City-Group

टोकियो । सिटी एक्सप्रेस ग्रुपले सुरु गरेको सिटी ट्राभल एण्ड टुर्सको समारोहकाबीच टोकियोमा उद्घाटन गरिएको छ ।

रेमिट्यान्स सेवा प्रदान गर्दै आएको सिटी ग्रुपले नेपाल र जापानबीच हवाई टिकट तथा टुर्स प्याकेज उपलब्ध गराउने उदेश्यसहित सिटी ट्राभल एण्ड टुर्सलाई सञ्चालनमा ल्याएको हो । जलविद्युत, बैंकिङ लगायत क्षेत्रमा पनि लगानी गर्दै आइरहेको ग्रुपले पर्यटन क्षेत्रमा पनि सेवा बिस्तार गरेको हो ।

शिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टको सभाहलमा भएको कार्यक्रममा सिटीका कार्यकारी प्रमुख महेशकुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भवन भट्ट, नेपाली दूतावासका द्धितीय सचिव टोपनारायण गिरी र एसवीआई रेमिटका बिजनेश डिपार्टमेन्ट प्रमुख सुसुमी फुकुसिमाले रिबन काटेर संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बौल्दै कार्यकारी प्रमुख श्रेष्ठले नेपालको आर्थिक समृद्धिको बलियो आधार पर्यटन क्षेत्र भएको भन्दै जापानबाट नेपालमा पर्यटक भित्र्याउन र नेपाली सेवाग्राहीलाई सहजरुपमा हवाईटिकट उपलब्ध गराउने सिटी ट्राभल एण्ड टुर्स सदैब अग्रसर रहने बताए ।

त्यस्तै कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष भट्ट, आइसीसी सदस्यहरु ओम गुरुङ र भुषण घिमिरे, नेपाली दूतावासका टोपनारायण गिरी, एनआरएन जापानका अध्यक्ष सुदन थापा, सल्लाहकार जिज्ञानकुमार थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष डा.भूपालमान श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment