Comments Add Comment

जनकपुरमा दुई दिने बेवारिसे बालिका फेला

balika photo (1)२२ असार, जनकपुरधाम । जनकपुरमा दुई दिने बेवारिसे बालिका फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका वडा नं.१४ पिडारी चोकस्थीत रेल्वे लिकको उत्तर तर्फको खाली चौरमा उक्त बालिका फेला परेकी हुन् ।

दुई चार दिन पहिले जन्म भएको उक्त बालिका बेवारिसे तवरबाट फालिएको अवस्थामा स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय मुजेलियाबाट ततकाल पुगेको प्रहरी टोलीले उद्धार गरेको छ ।  बालिकालाई आवश्यक हेरचाह तथा उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लिंग पहिचानको आधारमा बालिकालाई फालेको हुन सक्ने प्रहरीको अनुगमान छ । बालिका के कसरी फालिएको सम्बन्धमा अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment