Comments Add Comment

‘राधा’मा मोटाएकी संचिता ‘गुनगुन’मा दुब्लाइन्

sanchita luitel in gungun
नायिका संचिता लुइटेल चलचित्र ‘राधा’मा मोटाएकी थिइन् । उनी मोटाएको तस्बिर सार्वजनिक भएपछि यसले विभिन्न खालको चर्चा पाएको थियो ।

उनै संचिता अहिले एक नयाँ चलचित्रमा काम गरिरहेकी छिन् । संचिताले काम गरिरहेको चलचित्र ‘गुनगुन’को हाल छायांकन भैरहेको छ । यो चलचित्रलाई पुकार भट्टराइले निर्देशन गरिरहेका छन् । चलचित्रमा संचिताको साथमा रविन हुडको मुख्य भूमिका छ ।

नायिका संचिता लुइटेलले कमब्याक गरेको चलचित्र ‘नाई नभन्नु ल ३’ सफल भएपनि उनको चर्चा खासै भएन । यसपछि उनले केही फाट्टफुट्ट चलचित्रमा काम गरिरहेकी छिन् ।

संचितालाई ‘राधा’ले फेरि चर्चा दिने अपेक्षा गरिएको छ । माझीको कथामा बनिररहेको चलचित्र ‘गुनगुन’बाट उनले कस्तो चर्चा पाउने हुन्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment