Comments Add Comment

संसदीय समितिले कपिलबस्तु बलात्कार काण्डको छानबिन गर्ने

Kapilbastu

२२ असार, काठमाडौं । कपिलवस्तुको चन्द्रौटामा अपांग महिलामाथि भएको सामूहिक बलात्कारको घटनाको छानविन संसदीय समितिले गर्ने भएको छ ।

व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले ३५ वर्षीय बोल्न नसक्ने महिलामाथि गत जेठ ३० गते भएको सामूहिक बलात्कारको घटनाका विषयमा छानविन गर्ने भएको हो ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले छानविनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ । पतिले छोडेकी तथा १८ वर्षीय छोरा रोजगारीका क्रममा भारतमा रहेका चौधरी थरकी महिलामाथि गत जेठ ३० गते कपिलवस्तुको चन्द्रौटास्थित जबइ खोलामा सामूहिक बलात्कार भएको थियो ।

बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले चन्द्रौटास्थित विन्धवासिनी सशस्त्र प्रहरी गणका सहायक हवल्दार राजु चौधरी र जवान लोकराज अवस्थीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

समितिका सदस्यहरुले बलात्कारमा गणका करिब एक दर्जन शसस्त्र प्रहरी संलग्न रहेको बलात्कृत महिलाले सांकेतिक भाषामार्फत जानकारी दिएको भन्दै बलात्कारमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

समितिले चन्द्रौटा बलात्कारको घटनाका विषयमा जानकारी लिन गृहमन्त्री शक्ति बस्नेत र सशस्त्र प्रहरीका महानिरीक्षकलाई बैठकमा बोलाउने निर्णय गरेको छ । प्रहरीले बलात्कार भएको स्थानबाट सशस्त्र प्रहरीका खेलकुद् सामाग्री, चप्पल, साबुन लगायतका वस्तु बरामद गरेको छ । बलात्कृत महिलाको अहिले काठमाडौस्थित प्रसुती गृहमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment