Comments Add Comment

डाक्टरहरुले भने-शशांकको उपचार नेपालमै गर्न सक्छौं, काम गर्न दिनुस् (भिडियोसहित)

DR lawa joishi

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाका उपचारमा संलग्न डाक्टरहरुले उनको नेपालमा नै उपचार गर्न सक्ने बताएका छन् ।

कोइरालाको स्वास्थ्य गम्भिर भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले एयर एम्बुलेन्समार्फत दिल्ली लैजान चाहेका थिए । तर, चिकित्सक समेत रहेकी शशांक पत्नी सुपात्राले भारत लैजान नपर्ने बताइन् भने अस्पताल पनि रिफर गर्न नसक्ने बतायो ।

अहिले काइरालाको स्वास्थ्य सुधारउन्मुख भएको चिकित्सकहरुले बताएका छन् । बिहीबार कोइरालाको स्वास्थ्यबारे जानकारी दिँदै उपचारमा संलग्न डा. लव जोशीले भने, ‘सुधारका संकेतहरु देखिएका छन् ।’

एयर एल्बुलेन्समा अब भारत लैजान मिल्छ भन्ने प्रश्नमा उनले यसबारे डाक्टरहरुको मिटिङमा छलफल नै नभएको बताए । ‘हिजो कांग्रेस नेताहरुले लैजान कि भनेपनि अवस्था थिएन र परिवारले चाहेन’ डा. जोशीले भने, ‘अहिले परिवारले यसबारे कुरा नगरेकाले छलफल नै भएन ।’  उनले अघि भने, (शशांकको उपचार) नेपालमा नै गर्न सक्छौं, हामीलाई काम गर्न दिनुस् ।’

हेर्नुहोस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment