Comments Add Comment

कान्छा निर्देशक गर्दैछन् दोश्रो फिल्म ‘हैरान’

Nepali movie Love You Baba' Saugat Bista copy
विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका सौगात बिष्ट अब दोश्रो चलचित्रको छायांकनका लागि तयार भएका छन् ।

सौगातले निर्देशन गर्न लागेको दोश्रो चलचित्रको नाम ‘हैरान’ राखिएको छ । यो चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ ।

पहिलो चलचित्र ‘लभ यू बाबा’ राखेर सौगातले चलचित्र निर्देशन गरेका थिए । गिनिज बुकमा नाम राखेपछि खुबै चर्चा पाएका यी निर्देशकले यसपटक भने केही भिन्न कथामा चलचित्र निर्देशन गर्दैछन् । कमेडीलाई मुख्य आधार बनाएर निर्माण हुन लागेको चलचित्र ‘हैरान’ एक्सन, थ्रिलर र क्राइमको वरिपरी घुम्ने छ ।

यो चलचित्रलाई मोहनकृष्ण श्रेष्ठले निर्माण गर्दैछन् । चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे पक्का भैसकेका छन् । चलचित्रलाई गम्भिर बिष्टले लेखेका हुन् । यो चलचित्रको काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै भोली घोषणा गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment